बिना बिषादी आफ्नो बालीमा लाग्ने कीराको रोकथाम यसरी गर्नुहोस् – भिडियो सहित

उत्पादन बढाउन र रोग किरा नियन्त्रण गर्न भन्दै कृषिजन्य उत्पादनमा बिषादी प्रयोग बर्षेनी बढ्दो छ । मानव स्वास्थ्यमा प्रतक्ष असर पार्ने बिषदी निरुत्साहित गर्न पटक पटक आबाज उठ्ने गरे पनि बिषादीको प्रयोग घट्न सकेको छैन । तर धनकुटाको शहिदभुमी गाँउपालिकाका कृषक एम कुमार राइ भने बिगत तिन बर्ष अघि देखिनै अर्गानीक खेतिको अभियानमा लागेका छन् । उनि सो गाँउपालिकाकै एक्ला अर्गानीक कृषक हुन् ।

मानव स्वास्थ्यमा प्रतक्ष असर गर्ने बिषादी प्रयोग चुनौतीपुर्ण बन्दै गएको अबस्थामा धनकुटाका शहिदभुमी गाँउपालिका वडा नम्बर तिनका कृषक एम कुमार राइ भने अर्गानीक खेति तर्फ लागेका छन् । उनले करिब २५ रोपनी बारीमा लगाएको कृषिजन्य उत्पादनमा नत बिषादी प्रयोग गर्छन् नत रासायनीक मलनै प्रयोग गर्छन् ।

करिब तिन बर्ष अघिवाट उनले अर्गानीक खेति सुरु गरेका हुन् । आफ्नो बारीमा उनले तरकारी बालि अन्तरगत काउलि, बन्दा, भिण्डी, काँक्रा, आलु, टमाटर लगाउने गरेका छन् । त्यस्तै फलफुल अन्तरगत कागती सन्तला अनार अम्वा, एभोकाडो आदि लगाएका छन् । तर ति बालीमा उनि कुनै पनि बिषादी प्रयोग गदैनन् । अन्य स्थानमा बिसादीले गरेको असर देखे पछि तथा भारतले गरेको नाकाबन्धीको बेला रासायनीक मल र बिषदीको अभाब हुदा बिकल्प स्वरुप अर्गानीक खेति सुरु गरेको राइ बताउनु हुन्छ ।

शहिद भुमी गाँउपालीकाका करिब ९० प्रतिसत परिवार कृषि पेसामा आबद्ध छन् । उनी सो गाँउपालीकाका एक्ला अर्गानीक कृषक हुन् । अन्य कृषक बिषादी र रासयनीक मल खोज्न बजार धाइरहदा राइ भने आफै मल र बिषादी बनाउन ब्यस्त हुन्छन् । गाइ बस्तुको मल संगै बनमारा, असुरो, भोगटे आदिलाइ कुहाएर कम्पोष्ट मल बनाउने गरेका छन् ।

त्यस्तै असुरो, खुर्सानी, चिलाउनेको बाक्रो, प्याज लसुन सुर्ति आदि वाट औसधि निर्माण गर्ने गरेका छन् । त्यस्तै ट्रयाप बिधि लिसोमा तथा बत्ति र पानीमा किरा फसाउने गरेका छन् । उत्पादन अर्गानीक वाट केहि कम हुने भए पनि माग र मुल्य भने बढि हुने गरेको राइ बताउनु हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।