धनकुटाको यो क्षेत्र जहाँ प्रत्येक घरमा खाँडीको कपडा बुन्ने तान भेटिन्थ्यो, अहिले संकटमा (भिडियो सहित)
करिब चार दशक अघि सम्म धनकुटाको खाल्सा क्षेत्रमा प्रत्येक घरमा खाँडीको कपडा बुन्ने तान भेटिन्थ्यो । त्यो बेला आर्थिक अभाब र बजारको पहुच नहुदा उद्योगवाट निर्मित कपडाको बिकल्पको रुपमा सबैले यही कपडा प्रयोग गर्ने गर्दथे ।
उद्योगवाट निर्मित कपडा गाँउगाँउ सम्म नपुग्दा गाँउ घरमै स्थानिय कच्चा पदार्थ र घरलु प्रबिधिवाटै खाँडी कपडा उत्पादन गरी लाउने गरिएको थियो । एकताका गाँउले जनजीबन संग चिरपरिचित यो कपडा अहिले भने संकटमा पर्दै गएको छ ।
कपास उत्पादन गरि कपासवाट धागो कातेर खाडि कपडा बनि यसैवाट सर्ट, कोट, पाइन्ट, धोति, पटुकी, सिरकाका खोल लगायत सबै प्रकारका सामाग्री निर्माण हुन्थ्ये । त्यो बेला अरु कपडा नपाइने भएकाले सबै कडाको बिकल्पको रुपमा यहि कपडा प्रयोग गर्ने गरेको सहिदभुमी गाँउपालिका तिन देबि थानकी ८५ बर्षिय डिक माया राइ बताउनु हुन्छ । ‘अन्य कपडा पाइदैनथ्यो, पाइहालेपनि किन्ने पैसा हुन्न थ्यो । कपासवाट धारो कातेर त्यहि धागो बाट कपडा बुन्नेको बिकल्प थिएन‘ उहाले भन्नु भयो ।
तर अहिले गाँउगाँउ सम्म बजारको बिकास भयो । संगै ग्रामीण क्षेत्रका बासिन्दाको आर्थिक अबस्थामा समेत सुधार भयो । अहिले आयातित कपडा निकै सस्तो पर्ने भएकाले घरेलु प्रबिधिको प्रयोग गरि प्राकृतिक रुपमा निर्माण गरिने यस्ता खाँडीका कपडा समेत लोप हुने अबस्थामा पुगेका छन् । अहिले गाँउघरमा नत खाँडीका कपडानै पाइन्छ नत त्यो बुन्ने ताननै । निकै दुर्लभरुपमा मात्र तानहरु देख्न पाइन्छ । सौखिनहरुको लागि भने यो कपडा अहिले पनि उत्तिकै महत्ब छ । यसैलाइ मध्यनजर गदै सहिदभुमी गाँउपालिकाले कार्यक्रम अघि सारेर पुन तालिमको आयोजना गर्यो ।
नया पुस्ताले तालिम पाएपछि भने पुन खाडिका कपडा समेत उत्पादन सुरु गरे । तर यसको लागत नै महगो पर्ने भएकाले बिक्रि बितरण गर्न भने निक्रै समस्या छ । पुर्ण रुपमा घरेलु प्रबिधिको प्रयोग गरेर प्राकृतिक रुपमै निर्माण गरिएको कपडा प्रति सेट ८ हजार भन्दा माथि पर्न जान्छ । आधुनिकता संगै खाडिकै जस्तो देखिने कपडा मेसिन प्रयोग गरि समेत उत्पादन हुने गरेको छ । मेसिनवाट उत्पादन गरीएको कपडा भने निकै सस्तो पर्ने भएकले यहा उत्पादित कपडा बिक्रि हुन नसकेको छिन्ताङ्ग महिला समाजका अध्यक्ष प्रभा पराजुली राइ बताउनुहुन्छ ।
बजारमा खाडी जस्तै देखिने अन्य कपडा पाइन्छ त्यो सस्तो पर्छ त्यसैले हाम्रो उत्पादन बिक्न गाहे छ । उहा भन्नु हुन्छ । एक थान कपडा उत्पादन गर्न एक हप्ता लाग्छ । ज्याला मात्र ३५ सय भन्दा बढि हुन्छ अन्य सामानको दाम जोड्दा आठ हजार भन्दा कममा बिक्रि गर्दा हामिलाइ घाटा हुन्छ तर बजारमा पाइने खाँडि जस्तो देखिने कपडा जम्मा ३५ सयमा पाइन्छ । त्यसैले हाम्रो कपडा बिक्रिनै हुन्न ।
उसो त यो कपडा उत्पादन गर्न निकै मेहनत गर्नुपर्ने हुन्छ ।अहिले धागो किन्न पाइने भएपनि त्यसको लागि आबश्यक पर्ने अन्य कच्चा पदार्थको जोहो गर्न जंगल जानुपर्ने हुन्छ । जहाबाट आबश्यक कच्चा पदार्थ ल्याएर धागोलाइ सो कच्चापदार्थमा पकाएपछि बल्ल धागो पुर्णरुपमा तयार हुन्छ । धागोलाइ सुकाएर पल्ला परेपछि अनि मात्र तानमा कपडा बुन्ने काम सुरु गरिन्छ । सबै प्रक्रिया पुुरा गर्दा एक हप्ता भन्दा बढि समय लाग्ने स्थानिय राम कुमारी राइ बताउनु हुन्छ ।
खाल्सा क्षेत्रमा मात्र अहिले पनि १०० भन्दा बढिले खाडी कपडा उत्पादन गदै आएका छन् । त्यसमध्ये केहिले ब्यबसायीक रुपमै उत्पादन गदै आएका छन् । तर बजारमा अन्य खाडि जस्तै देखिने कपडा सस्तैमा पाउने भएकाले उनिहरुलाइ भने बजारको समस्या हुने गरेको छ ।


