छथर जोरपाटी गाउँपालिकामा आजबाट राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभूत तालिम दिन सुरु
धनकुटा, १९ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आज बाट १० दिने राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु लाई आधारभूत तालिम दिन सुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय धनकुटा र छथर जोरपाटी गाउँपालिकाकाको आयोजनामा गाउँपालिका भित्रका आधारभूत तालिम नलिएका २३ जना सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु लाई आधारभूत तालिम दिन सुरु गरिएको छथर जोरपाटी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।
तालिममा सीप तथा ज्ञान अभिवृद्धि गरी समुदायमा सामान्य रोगको उपचार तथा परामर्श, खोप, परिवार नियोजन, पोषण र सुरक्षित मातृत्व स्वाथ्य जनचेतना जस्ता महत्त्वपूर्ण बिषयहरु तालिममा समावेश भएको डंगोलले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका समस्याहरु लाई समाधान गर्दे, स्वाथ्य स्वयंमसेविकाहरुले पाउने सेवा सुविधाहरु लाई समेत बढाउँदै लैजाने धारण राख्नु भएको थियो ।
तालिमको सहजीकरण स्वास्थ्य कार्यालय धनकुटाका निमित प्रमुख गोकुल भण्डारी, छथर जोरपाटी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोल, परेवादिन स्वाथ्य चौकिका प्रमुख चेतवीर थापाले सहजीकरण गर्नु हुने जनाइएको छ ।



