सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, २१ वैशाख (रासस) : नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सन्दीपलाई प्रहरीले गएराति बुटवलबाट पक्राउ गरी आज जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि पेस गरेको थियो ।

सन्दीप नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । रायमाझीसहित उक्त प्रकरणमा आठ जना पक्राउ परिसकेका छन् । हिजो पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् । उहाँमाथि थप अनुसन्धान चलिरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖