सहिद भिमनारायण गोल्डकप :आज राष्ट्रिय जागृती क्लब सुनसरी र झापा फुटवल क्लव भिड्दै

धनकुटा । धनकुटामा जारी सहिद भिमनारायण गोल्डकप १५ औ संस्करणको फुटबल प्रतियोगिता अन्र्तगत आज राष्ट्रिय जागृती फुटवल क्लब सुनसरी र झापा फुटवल क्लव झापा वीच खेल हुँदैछ । खेल दिउँसो साढे २ बजेदेखी धनकुटा सदरमुकाम तल्लो टुडिखेलमा हुने प्रतियोगिता प्रचारप्रसार समिति संयोजक विदुर खवासले बताउनुभयो ।

पूर्वीपहाडकै प्रतिष्ठित यो प्रतियोगिताको उद्घाटन खेलमा हिजो पेमा युवाक्लव विराटनगर आयोजक टिम धनकुटालाइ ट्राइबेकरमा ४–२ गोल अन्तरले हराउर्दैै सेमिफाईनलमा प्रवेश गरिसकेको छ । निर्धारित समयमा दुवै टिमको दुई दुई गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो । खेलको ३१ औ मिनेटमा जर्सि नं ९ का खेलाडी आकाश राइले गोल गर्दै आयोजकलाइ अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट पनि नबित्दै पेमा युवाक्लव विराटनगरका जर्सि नं १३ का बिदेशी खेलाडी ओस्कारले ३६ औ मिनेटमा गोल गर्दै खेललाइ बराबरी बनाए ।

त्यस्तै खेलको ७२ औ मिनेटमा पेमा युवाक्लवका जर्सिन ंनं ३ का प्रसान्त राईले गोल गर्दै आफ्नो टिमलाइ २–१को अबस्थामा पुर्याएका थिए तर खेलको ७७औ मिनेटमा आयोजकको तर्फवाट दिपेन शाक्यले गोल गर्दै खेल बराबरी बनाए । निर्धारीत समयमा खेल बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा धनकुटाका दुइ खेलाडीले गरेको प्रहार गोल हुन सकेन भने बिराटनगरका एक खेलाडीको प्रहार गोलपोष्ट भन्दा बाहिर गएको थियो ।

प्रतियोगिताको म्यान अफ द म्याच विजेता टिमका कोमल खवास घोषित भए । प्रतियोगितामा आयोजक टिम र पेमा युवा क्लव विराटनगर, सहित प्लानिङ ब्वाईज क्लब काठमाण्डौ,कञ्चनजंगा फुटवल क्लव सिलगुडी भारत, राष्ट्रियजागृती फुटवल क्लव सुनसरी, झापा फुटवल क्लव झापा,एपिएफ काठमाण्डौ र विरगञ्ज युनार्यटेड विरगञ्जको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र उप विजेताले २ लाख ५० हजार पाउने गोल्डकप आयोजक समितिका संयोजक सम्भु प्रधानले जानकारी दिनुभयो ।

२०३० सालमा तत्कालिन राजा विरेन्द्रलाई बम हानेका अभियोगमा पक्राउ परेका सहिद भिम नारायण श्रेष्ठलाई २०३५ सालमा मृत्युदण्ड दिएको थियो । सरकारले उहाँलाइ २०७३ सालमा सहिदघोषणा गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।