भीमनारायण गोल्डकप : फाइनल खेल बर्षाका कारण आज स्थगित
धनकुटा,२ जेठ । भिमनारायण गोल्टकप फुटबलको आज हुने भनिएको फाईनल खेल बर्षाका कारण स्थगित भएको छ ।
सो खेल भोलि दिउसो २ बजे हुने प्रचार समितिका संयोजक विदुर खवासले जानकारी दिनु भयो ।
फाइनलमा प्लानिङ ब्वाइज काठमाडौं र वीरगञ्ज युनाइटेड भिड्नेछन् ।


