प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन

काठमाडौँ, १० जेठ ( रासस) : ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराउनुभएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले जलनको उपचारका लागि सर्वसुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गर्नुभयो ।

गत पुस ३ गते ग्यास जलनबाट घाइते भइ भारतमा उपचार गराएर पर्कनु भएका सांसद भण्डारीले देशभित्र सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्न आग्रह गर्नुभयो ।

उहाँले आफू जलनको उपचारबाट फर्के लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि यसबारेमा जानकारी गराएको बताउनुभयो । उहाँले गत वर्ष ग्यासलगायतको जलनबाट एक सय १० जनाको ज्यान गएको जानकारी दिनुभयो । यस वर्षमात्रै हालसम्म एक सय ११ जनाको ज्यान गएको सांसद भण्डारीले तथ्यांक पेश गर्नुभयो ।
उहाँले भन्नुभयो, “गाउँ–गाउँमा ग्यास र बिजुली पुग्यो । के गर्न हुन्छ र हुँदैन भनेर कोही कसैलाई पनि सिकाउन सकेनौ । ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने पाठ्यक्रम निर्माता, सबैले यसबारेमा तत्काल पहल गर्नु जरुरी छ ।”

सांसद भण्डारीले आफूलाई उद्धार गरेर हालको अवस्थामा ल्याउने वर्तमान सरकार र शुभचिन्तक सबैलाई धन्यवाद दिनुभयो । आफू उपचार गरेर आएको अस्पताल बाबु छोराले चलाएको र दक्षिण एशियाको सबैभन्दा उत्कृष्ठट रहेको भन्दै सांसद भण्डारीले मुलुकभित्र पनि त्यस्तै सुविधासम्पन्न अस्पताल निर्माण गर्न सरकारको पुनः ध्यानाकर्षण गराउनुभयो ।

उहाँले पछिल्लो तीन वर्षमा तीन जना मात्रै भेन्टिलेटरमा पुगेर बाँचेर आएको उल्लेख गर्दै नेपालमा पनि राम्रा स्वास्थ्यकर्मी भएको बताउनुभयो ।

हालसम्म जलनको उपचारका लागि कीर्तिपुरमा रहेको अस्पतालले धानीरहेको उल्लेख गर्दै उहाँले सरकारले दिने उपचार सहयोगमा जलनको बिरामीलाई पनि जोड्न माग गर्नुभयो ।

उहाँले खाना पकाउने ग्यासमा स्वचालित रेगुलेटर राख्ने व्यवस्था गर्न र त्यसका लागि कानुन निर्माण गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रघुवीर महासेठले जनतालाई विकास र प्रतिवद्धता चाहिएको बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा विदेश गएर षड्यन्त्र गरिरहेको भन्ने सुनिएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

सांसद महासेठले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्न सुझाव दिनुभयो । उहाँले बन्द अवस्थामा रहेका वीरगञ्ज कृषि औजार कारखाना, वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पनि सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो ।

सांसद रामकुमार राईले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा चालेको कदमले जनतामा एक प्रकारको उत्साह पैदा गरेकाले अझै प्रभावकारी रुपमा गैरकानूनी सम्पत्ति आर्जन गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।