अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा

काठमाडौँ, २३ जेठ (रासस) :अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ । लामा नेपाल तामाङ घेदुङको सिफारिसमा महासचिवमा निर्वाचित हुनुभएको हो ।

थाइल्याण्डमा सम्पन्न पाँचौ सम्मेलनमा पारित विद्यानअनुसार महासचिवलाई कार्यकारी बनाएर अगाडि बढ्ने समेत निर्णय गरेको छ । सम्मेलनले यसअघिको कार्यकारी अध्यक्ष हुने प्रणाली हटाइ कार्यकारी महासचिव हुने बनाएको हो । “परिषदको कामलाई नियमित र चुस्त बनाउन परिषदलाई महासचिव प्रणालीमा लैजाने निर्णय भएको हो”, नेपाल तामाङ घेदुङका सङ्घीय सहअध्यक्ष कुमार घिसिङले भन्नुभयो ।

नवनिर्वाचित महासचिव लामाले सम्मेलनले संसारभर छरिएका तामाङलाई एकताको सुत्रमा जोड्न भाषा, संस्कृति, मैत्रिपूर्ण सम्बन्ध, आर्थिक सांस्कृतिक आदानप्रदान र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता महत्वपूर्ण विषयहरुमा जोड दिने बताउनुभयो ।

“सम्मेलनले भाषा, संस्कृति, साहित्य, इतिहासजस्ता नौ वटा फरक–फरक विषयगत समितिहरु बनाएको छ । अब ती समितिहरु विषय विज्ञहरुले नेतृत्व गर्नेछन् । छ महिनाभित्र विज्ञहरुको भेला गरी त्यो समितिहरु निर्माण गरिनेछ”, उहाँले भन्नुभयो ।

सम्मेलनबाट उपमहासचिवमा लक्यान लामा तामाङ (अमेरिका), सचिवमा रामप्रसाद तामाङ (भारत), शुभराज बम्जन तामाङ (दक्षिण कोरिया), बुदु माया योन्जन तामाङ (रोमानिया) र कोषाध्यक्षयमा हवाल चन्द्र लामा तामाङ (जपान)का निर्वाचित हुनुभएको छ ।

एक्काइस वर्षअघि स्थापना भएको परिषदले अव पूर्णरुपले अन्तर्राष्ट्रिय सङ्गठनको मान्यताअनुसार काम गर्नसक्ने स्थितिमा पुगेको महासचिव लामाको भनाइ छ । सम्मेलनमा १७ सदस्यीय संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता थियो ।

परिषदमा स्थायी, राष्ट्रिय र सम्बन्धन संस्थाहरु सदस्य रहनेछन् । निर्वाचन प्रणालीअनुसार महासचिवका लागि स्थायी र राष्ट्रिय संस्थाहरुबाट सिफारिस हुनुपर्छ । हाल परिषदमा नेपाल, भारत, भुटान, बर्मा र थाइल्याण्ड स्थायी सदस्य छन् । राष्ट्रियमा अमेरिका, जापान, बेल्जियम, बेलायत, पोर्चुगल र अस्ट्रेलिया छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।