धनकुटामा विद्यालय स्तरिय फुटवल प्रतियोगिता हुने

धनकुटा,२३ जेठ । धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा यहि जेठ २५ गते देखि २८ गते सम्म प्रथम टेकमाइन नेटवर्क विद्यालय स्तरिय फुटवल प्रतियोगिता हुने भएको छ ।

आयोजक नव जागृती यूवा क्लबले आज धनकुटा सदरमुकाममा पत्रकार सम्मेलन गर्दे विद्यालय स्तरिय मैत्री पूर्ण खेल हुने जानकारी गराएको हो । फुटवल प्रतियोगितामा धनकुटा नगरपालिकाका ९ टिम ,पाख्रिवास नगरपालिकाका १ र छथरजोरपाटी गाउँपालिकाको १ टिमको सहभागिता रहने प्रचार समिती संयोजक सफल राईले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ त्यस्तै दोस्रो हुनेले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

त्यस्तै अन्य ५ विद्यामा समेत पुरस्कारको व्यावस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।