जनताको दिनचर्यालाई सम्बोधन गर्न सके बजेट सफल : लामिछाने

काठमाडौँ, २५ जेठ (रासस) :सांसद रवि लामिछानेले बजेटको प्राथमिकताले आमजनताको दिनचर्यालाई सम्बोधन गर्नसके मात्र बजेट सफल हुने धारणा व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उहाँले बजेटमा राजस्वको आधार निर्धारणमा हेलचेक्र्याइँ गरिएको टिप्पणी गर्नुभयो ।

उहाँले आफूहरुले उठाएका विषयकामा अर्थमन्त्रीसँग विश्वासिलो र भरपर्दाे जवाफ माग गर्दै आफूहरु रचनात्मक र सिर्जनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।

विकास बजेट विनियोजनामा ठूला र प्रभावशाली नेता तथा मन्त्रीका निर्वाचन क्षेत्रमा परम्परागत प्रवृत्ति देखिएको आशङ्का व्यक्त गर्दै उहाँले स्पष्ट पार्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सञ्चारमाध्यममा आएका विषयकै कारण संसद् अवरोध गर्न नहुने भन्दै त्यसको तथ्य जाँच गरेर स्पष्ट हुनुपर्ने उहाको भनाइ थियो । खर्च कटौतीका नामका कतिपय संस्थाको महत्वलाई नजरअन्दाज गर्न नहुने उहाँले सुझाव दिनुभयो । सभापति लामिछानेले नागरिकताका सन्दर्भमा आफ्नो पार्टी कुनै पनि समुदायप्रति पक्षपाती नभएकोसमेत स्पष्ट पार्नुभयो ।

सांसद रवि लामिछानेले नागरिक विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समूदायको विरुद्ध छ भन्ने भाष्य जबरजस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

उहाँले राजनीतिसँग कुनै सरोकार नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारी र मिटरब्याज पीडितका समस्याका विषयमा आवाजविहीनहरुको आवाज बनेको बताउनुभयो ।

लामिछानेले नागरिकले नागरिकता नपाउनुको पीडा समेत थाहा भएको भन्दै नेपाली नागरिक र एकल आमाका सन्तानको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।