थारु चलचित्र उद्योगमा योगदान पुर्याउने १ सय ५ जनालाई सुनसरीको झुम्कामा सम्मान

इटहरी । थारु चलचित्र उधोगको उथान र प्रवर्द्धन गर्ने उद्देश्य सहित सुनसरीकाे रामधुनी नगरपालिकामा अवस्थित झुम्कामा ‘तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव’ आयोजना गरिएको छ । बुधबार र बिहिवार गरि महोत्सव २ दिनसम्म आयोजना गरिएको थियो । म्याजिक सिनेमा हलमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल माेदीको प्रमुख आतिथ्यता रहेको थियो भने दोश्रो दिन पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बिजय कुमार गच्छदारको प्रमुख आतिथ्यता रहेको थियो । महोत्सव अन्तर्गत सम्मानका कार्यक्रम समेत राखिएको थियो ।

थारु चलचित्र तथा सांस्कृतिक संघ केन्द्रिय कार्यसमितिको आयोजनामा भएको महोत्सव तथा सम्मान कार्यक्रमबाट नयाँ, पुराना थारु चलचित्रकर्मी तथा थारु चलचित्र उधोगमा विभिन्न माध्यमबाट योगदान पुर्याउने १ सय ५ जनालाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष परशुराम चाैधरीले जानकारी गराए । २ दिनको सम्मान कार्यक्रमबाट रेणु चौधरी, निलम चौधरी खवास, सोनु थारु, लक्ष्मी चौधरी, जानकी चौधरी, श्रीनिवास चौधरी, राजेन्द्र भगत, राजु राजदेव चौधरी, कुलदिप चौधरी, केशव रायमाझी, राजकुमार श्रेष्ठ, अरुण कुमार प्रधान, सुवास संकल्प, मेनुका माझी, जय चौधरी, देव कृष्ण बिश्वास, जनक चौधरी, कृष्णदोषी चौधरी, सोमा चौधरी, एण्डिसा चौधरी, वीर चौधरी, हिरा चौधरी लगायतलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने ब्याक्तित्वहरुलाई प्रमुख अतिथि अमनलाल मोदि र बिजय कुमार गच्छदारसंगै आयोजक संस्थाका अध्यक्ष परशुराम चौधरीले सम्मान पत्र प्रदान गरेका थिए । यो महोत्सव तथा सम्मान कार्यक्रम पुर्वदेखी पश्चिमसम्म छरिएर रहेका थारु समुदायका कला, संस्कृति र पहिचानलाई फिल्मको माध्यमबाट उजागर र जगेर्ना गर्ने थारु चलचित्रकर्मीहरुको महाउत्सवको रुपमा लिइएको अध्यक्ष चौधरीले बताए । महोत्सवमा २०४७ सालमा निर्माण भएको प्रथम थारु चलचित्र करम सहित हालसम्म निर्माण भएका १ सय १५ थारु फिल्म तथा ८० ओटा छोटो फिल्मको एकमुष्टमा परिचयात्मक भिडियो प्रस्तुत गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।