मन्त्री किरातीले हेर्नुभयो ‘नीरफूल’

काठमाडौँ, १० असार (रासस):संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेर्नुभयो । उहाँले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेर्नुभएको हो ।

“भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ । मुख्यतः सहर र गाउँबीचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत भएको रहेछ”, मन्त्री किरातीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । आफूले चलचित्रमार्फत दिन खोजेको सन्देशलाई मन्त्री किरातीले महसुस गर्नुभएको निर्देशक वलले बताउनुभयो ।

विसं २०७२ को भूकम्पको सेरोफेरोमा कथा भनिएको चलचित्रले विपत्तिपछि धादिङस्थित रुबी भ्यालीको एक परिवारले भोग्नुपर्ने समस्या र बिछोडको दुर्दान्त पेस गर्छ । राज्य प्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको चलचित्र गणेश हिमालमुनिको रुबी भ्याली, रसुवा र काठमाडौँमा छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिनुभयो । चलचित्र गत जेठ २६ गतेदेखि प्रदर्शनरत छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।