धनकुटामा हुडार जस्तो देखिने जनवार द्वारा मान्छे माथि आक्रमण
धनकुटा । धनकुटा नगरपालिका वडा नं-३ माल्बासे र स्याउले आसपासको क्षेत्रमा हुडार जस्तो देखिने जङ्गली जनावरले मान्छेलाई समेत आक्रमण गरेको छ ।
उक्त घटनाको बारेमा धनकुटा नगरपालिका ३ का वडा अध्यक्ष विकास घिमिरेले सामाजिक संजाल मार्फत जानकारी गराउनु भएको छ ।
साथै उहाँले सबैलाई सचेत भएर हिडडुल गर्नका लागि अनुरोध गर्नु भएको छ ।
साथै जनावरको आक्रमणबाट घाइते भएका कुराहरु समेत सामाजिक संजालहरुमा आएका छन् ।


