धनकुटामा एक बालिकाले गरिन् आ’त्मह’त्या
धनकुटा । धनकुटा नगरपालिका वडा न ७ की एक बालिकाले झु’न्डिएर आ’त्मह’त्या गरेकी छन् ।
धनकुटा नगरपालिका ७ घर भएकी रमेश लुइटेलकी १४ बर्षिया छोरी जिसिका लुइटेलले आफ्नै घरको झ्यालके ग्रिलमा पासो लगाई झु’न्डिएको अवस्थामा परिवारले देखि तत्काल डोरी काटी जिल्ला अस्पताल धनकुटा ल्याएकोमा अस्पतालले मृत भएको घोषण गरेको प्रहरीले जनाएको छ ।
जिसिका धनकुटा नगरपालिका ७ मा रहेको त्रिवेणी माध्यमिक विद्यालयको कक्षा १० मा अध्यानरत छात्रा रहेको जनाइएको छ ।


