धनकुटा र तेह्रथुम जिल्लाका ३७ हजार ५ सय ४४ पशु लम्पी स्किन रोगबाट प्रभावित

धनकुटा,२२ असार । धनकुटा र तेह्रथुम जिल्लाका ३७ हजार ५ सय ४४ पशु लम्पी स्किन रोगबाट प्रभावित भएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जनाएको छ ।

जस मध्ये धनकुटाका २१ हजार ५ सय ५८ पशु संक्रमित भएका छन् त्यस मध्ये २ सय ७५ वटा पशु मरेका छन् भने २ हजार २ सय पशु लाई खोप लगाइएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जनाएको छ ।

त्यस्तै तेह्रथूम जिल्लाका १५ हजार ९ सय ८६ पशु समेत लम्पी स्किन डिजिज बाट प्रभावित भएको जनाइएको छ । त्यस मध्ये १ सय ४४ पशु परेका छन् भने तेह्रथुमका कुनै पनि पशुमा खोप लगाइएको छैन् ।

धनकुटा र तेह्रथुम जिल्लाकै तुलना गर्दा गाई र गोरुमा यो रोगबाट बढी प्रभावित भएका छन् भने भैंसी तथा राँगामा यो रोगको संक्रमण कम देखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।