पुर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को अडिसन मिति सार्बजनिक
धनकुटा । टिन्ज कृउ डान्स सेन्टर धनकुटाको आयोजनामा प्रत्येक बर्ष आयोजना गरिंदै आएको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ५ को अडिसनको मिति सार्बजनिक गरिएको छ ।
जस अनुसार संखुवासभाको खांदबारी स्थित कसियस डान्स हाउसमा साउन २६, संखुवासभा,चैनपुरको सेजल डान्स सेन्टरमा साउन २७ गते,तेह्रथुमको जिरीमा भाद्र २ गते,ईलामको ईलाम डान्स सेन्टरमा भाद्र २३ गते,झापा बिर्तामोडको कल्चर आर्ट एण्ड मिडियामा भाद्र २५ गते,झापा दमकको स्वागत डान्स सेन्टरमा भाद्र २६ गते हुनेछ ।
त्यसैगरि मोरंगको बेलबारी-११ स्थित मोरंग ज्ञानोदय ईंग्लिस स्कुलमा भाद्र २७ गते,सुनसरीको ईटहरी लक्ष्मी डान्स स्टुडियोमा भाद्र २८ गते,भोजपुरको डायमण्ड डान्स कृउमा भाद्र ३० गते,खोटांगको रंगमन्च /साइनो कला केन्द्र र धनकुटामा टिन्ज कृउ डान्स सेन्टरमा असोज ६ गते हुने भएको छ कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रथम नगद रु.२,००,०००/- बराबरको स्कुटर, ५ लाख बराबरको जिवन बिमाको एक प्रिमियम साथमा आकर्षक उपहार गीत रेकर्डिङ्ग, ट्रफी, प्रमाण पत्र आदि समावेश गरिनेछ ।
त्यस्तै दोस्रो पुरस्कार २ लाख बराबरको जिवन बिमाको एक प्रिमियम, आकर्षक उपहार ट्रफी, प्रमाण पत्र, तेस्रो पुरस्कार ट्रफी, प्रमाणपत्र र आकर्षक उपहार प्रदान गरिनेछ भने भाग्यशाली एक फाईनलिष्टलाई लक्की ड्र मार्फत आकर्षक पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।



