सम्पर्क विहीन मनाङ एयरको हेलिकोप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन

काठमाडौँ, २६ असार (रासस) : सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ ।

सोलुखुम्बुको सुर्केबाट विहाना ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।

मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्कविहीन हेलिकप्टरमा पाइटलसहित ६ जना सवार थिए । उहाँका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् । प्रतिकूल मौसमका कारण खोज्न गएको हेलिकोप्टर गन्तव्यमा पुग्न नसकेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।