मिटरव्याज पीडितहरुले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा
काठमाडौं । मिटरव्याज पीडितहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।
नयाँ विधेयकप्रति असन्तुष्टि जनाउँदै मिटर व्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले प्रदर्शन गरेका हुन् ।
नयाँ विधेयक पीडितको पक्षमा नरहेको उनीहरुको भनाई छ ।


