ईश्वर र सुवासलाई कार्यवाहक दिएर कम्बोडिया लागे ओली
काठमाडौँ, ३ साउन (रासस) : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ ।
कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
टोलीमा अध्यक्ष ओलीसँगै उहाँका पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहनुभएको छ । उहाँ यही साउन ८ गते स्वदेश फर्कनुहुनेछ ।
ओलीले कम्बोडिया प्रस्थान गर्नुअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।


