महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो : करिश्मा

काठमाडौं । जथाभावी पोस्टर टाँसेको भन्दै काठमाडौं महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई ५० हजार रुपैयाँको जरिवाना गर्‍यो । त्यसरी पोस्टर टाँस्दा दृश्य प्रदूषण भएको भन्दै महानगरले ‘बगान’लाई जरिवाना गराएको हो ।

तर ‘बगान’ अभिनेत्री करिश्मा मानन्धरले जरिवाना गर्ने महानगरको निर्णयलाई लिएर मेयर बालेन शाहप्रति कटाक्ष गरेकी छन् । फिल्मको विशेष शोको तस्वीर सेयर गर्दै उनले क्याप्सन लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो । कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन ।’

करिश्माको यो पोस्टमा विभिन्न खाले टिप्पणीहरु आइरहेका छन् । महानगरले जरिवाना तिराएपछि ‘बगान’का निर्माता सुरेश वाग्लेले पनि जरिवानाको रसिद सेयर गर्दै लेखेका छन्, ‘बालेनजी आदिपुरुष हिन्दी सिनेमालाई त रोक्नुभयो । नेपाली सिनेमालाई पनि सहयोग गरिदिनुहोला । वातावरण प्रदुषण विरुद्धको महानगरको अभियानमा हाम्रो साथ र सहयोग सदैव रहनेछ ।’

शुक्रबार प्रदर्शनमा आएको सरोज खनालको डेब्यु निर्देशन रहेको ‘बगान’मा करिश्मा मानन्धर, सरोज खनाल, प्रमिला कार्कीलगायतको शीर्ष भूमिका छ । एकल महिलाको पुनर्विवाह र एकल आमाले छोरी हुर्काउन गरेको प्रयत्नको कथावस्तु यसमा प्रस्तुत गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।