मन्त्री लिम्बूद्वारा खेलाडी भण्डारीलाई बधाई

काठमाडौँ, ३ साउन (रासस): युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रतिष्ठित युरोपेली फुटबल क्लबबाट व्यावसायिकरुपमा खेल्ने अवसर प्राप्त गर्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडी सावित्रा भण्डारीलाई बधाईसहित विदाइ गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले फुटबल खेलप्रतिको लगन र मिहेनतले इजरायलको हापोइल रनाना फुटबल क्लबमा आबद्ध हुने मौका प्राप्त गर्नुभएकी खेलाडी भण्डारीलाई शुभकामनासहित बधाई दिनुभएको हो ।

उहाँको प्रशंसा व्यक्त गर्दै मन्त्री लिम्बूले प्राप्त मौकाको सदुपयोग गरी नेपाली फुटबलको स्तर वृद्धिका साथै आफ्नो खेल कौशलमा अझ निखार ल्याउन सफल हुनुहुने अपेक्षा गर्नुभयो । लम्जुङ सिमपानी निवासी खेलाडी भण्डारीले नेपालको राष्ट्रिय फुटबल टोलीमा सम्लग्न रही विभिन्न प्रतियोगितामा कौशल प्रदर्शन गरेर राष्ट्रको शान बढाउन पु¥याउनु भएको योगदानको मन्त्रालयले उच्च प्रशंसा गरेको छ ।

युरोपेली क्लबमा आबद्ध हुने पहिलो महिला खेलाडी उहाँ आगामी अगस्तको पहिलो साता त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

यसअघि खेलाडी भण्डारीले सेथु एएफसी र गोकुलम केरला भारतमा व्यावसायिकरुपमा रही लिग खेल खेल्नुभएको थियो । नेपाली फुटबल खेलको दुनियाँमा उहाँको छवि फर्वाड खेलाडीका रुपमा चर्चित छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।