प्रमुख भन्सार प्रशासक बिदामा,सुन जाँचपास गर्ने थिए ‘नयाँ भन्सार अधिकृत’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बुधबार ठूलो परिमाणमा सुन बाहिरियो । लगत्तै बरामद पनि गरियो । राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको थियो ।

विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।

उक्त दिन जाँचपासमा नयाँ भन्सार अधिकृत रहेको खुलेको छ । यस्तै, सो भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल बिदामा रहेको बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालका अनुसार पोखरेल त्यो दिन बिदामा थिए । सधैँ बस्ने भन्सार अधिकृतभन्दा त्यो दिन नयाँ भन्सार अधिकृत रहेको प्रवक्ता खनालले बताए ।

त्यो दिन नयाँ सर हुनुहुन्थ्यो । प्रमुख भन्सार अधिकृतले तल गएर हेर्ने कुरा हुँदैन, सेम्पल मगाएर हेर्ने हो । मुख्य हेर्ने भनेको चाहिँ जाँचकीले हो,” उनले बाह्रखरीसित भने, “कमजोरी कसको हो भनेर हामी अनुसन्धान गरिरहेका छौँ । दुई घण्टाभित्रमा हामीले अध्ययन पूरा गरेर प्रतिवेदन तयार पार्छौँ । भन्सार प्रशाक बिदामा हुनुहुन्थ्यो ।”

‘ब्रोक प्याड’ धेरै ‘सेन्सेटिभ’ होइन भनेर त्यसै छोडियो कि भन्ने अनुमान गरिएको उनले बताए । यस्तै, जाँच गर्ने मेसिनले काम नगरेको हो कि भनेर पनि अध्ययन भइरहेको उनले बताए । त्यसको डिटेल निकाल्ने काम भइरहेको खनालको भनाइ छ ।

अहिले त्यहाँको सीसीटीभी फुटेजलगायत अध्ययन गरी प्रतिवेदन तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।

अनुमानित १०० किलो सुन बरामद गरिएको हो । नेपाल राष्ट्र बैंकमा जोखेपछि सुनको यकिन तौल थाहा हुने राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म उक्त घटनामा संलग्न ६ जनालाई पक्राउ गरिएको छ ।-बाह्रखरी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।