“ब्रेक सु’मा सुन भित्र्याइँदा प्रमुख भन्सार अधिकृत थिए श्रीराम टण्डन, यी हुन् डिउटी अफिसर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय हुँदै भित्र्याइएको ठूलो परिमाणको सुन बुधबार बरामद गरियो । राजस्व अनुसन्धान विभागको टोलीले सो सुन बरामद गरेको थियो ।
विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’मा राखेर सुन भित्र्याइँदा डिउटीमा भन्सार अधिकृत सन्तोष चन्द थिए । उनीसँगै जाँचकीका रूपमा खरिदार कुमार ढकाल डिउटीमा थिए । डिउटीमा भए/गरेका कामको जाँचपास गर्नेमा भने प्रमुख भन्सार अधिकृत एवं उपसचिव श्रीराम टण्डन थिए ।

यस्तै, एक्सरे टेक्निसियनमा सरोज श्रेष्ठ रहेको स्रोतले जानकारी दिएको छ ।स्रोतका अनुसार उपसचिव टण्डन भन्सार कार्यालयमा हालै आएका नयाँ कर्मचारी हुन् । उनले भन्सार अधिकृत चन्द र जाँचकी ढकालले गरेका कामको अन्तिम स्वीकृति दिएका थिए ।

सुन जाँचपास गर्ने थिए ‘नयाँ भन्सार अधिकृत’

“श्रीराम टण्डन सर उपसचिव लेबलको प्रमुख भन्सार अधिकृत हो । उहाँ भरखरै आउनुभएको हो । तर, उपसचिव लेबलको कर्मचारीले प्याकेट खोलेर चेक गर्न सक्ने अवस्था हुन सक्दैन,” स्रोतले बाह्रखरीसित भन्यो, “मुख्य जिम्मेवार जाँचकी हुन्छ । जाँचकीले पनि सामान खोलेर हेरेको सीसीटीभीमा देखिन्छ । के कारणले त्यस्तो हुन गयो भनेर अनुसन्धानबाट थाहा होला ।”

उक्त प्रकरणमा भन्सार विभागले बिहीबार अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

छानबिन समितिले आजैदेखि काम सुरु गरिसकेको छ । समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो गोदामबाट बुधबार करिब १०० किलो सुन कसरी बाहिरियो भन्ने सम्बन्धमा छानबिन गर्नेछ ।

समितिले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई प्रतिवेदन बुझाउनेछ । त्यसपछि दोषी देखिएकालाई कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।-बाह्रखरी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।