सुनसहितको ‘ब्रेक सु’ ल्याउने कार्गोका दुई सञ्चालक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर भित्रिएको कम्तीमा एक क्वीन्टल सुन बरामद प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागको टोलीले सुनसहित मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ नेपाल ल्याउने कार्गो कम्पनीका दुई सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् ।

आफ्नो कुरियरबाट आएको सामानमा सुन भेटिएको थाहा पाएपछि भट्ट आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पुगेका थिए । त्यसक्रममा त्यहीँबाट उनलाई राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको स्रोतले बतायो ।

दुईवटा कुरियरबाट हङकङमार्फत क्याथे प्यासिफिकको उडानमा सुनसहितको ब्रेक सु नेपाल आएको थियो । स्रोतका अनुसार, हङकङमा रहेको क्लियरिङ एजेन्टले ‘अटो पार्ट्स’ भनेर सामान पठाएका थिए । क्याथे एयरलाइन्सले पनि ‘एयर विल’मा ती सामग्री ‘अटो पार्ट्स’ भएको उल्लेख गरेको छ ।

राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार, सामान चिनियाँ नगारिकले पठाएको पाइएको छ । उनको वी च्याट नम्बर पनि विभागले प्राप्त गरेको छ । ‘अहिले त्यो वी च्याटको नम्बर नै बन्द आइरहेको छ, कार्गोका एजेन्टसँग कुरा गरेर पत्ता लगाउने कोसिस गरिरहेका छौं’, विभाग स्रोतले भन्यो ।

मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १०० क्वीन्टल सुन बरामद गरेको थियो । प्रकरणमा यसअघि ६ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ छन् । बिहीबार थप दुई जना पक्राउ परेसँगै यो प्रकरणमा नियन्त्रणमा पुगेकाको संख्या ८ पुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।