एमालेमै फर्कंदै नेकपा एस तनहुँ अध्यक्षसहितका नेता

पोखरा । नेकपा एकीकृत समाजवादी (एस)का तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका नेता नेकपा एमाले फर्कने तयारी गरेका छन् ।

जिल्ला अध्यक्ष कार्कीसहित पूर्वजिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठसहितका नेतालाई स्वागत गर्न नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार दिउँसो १ बजे पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट आयोजना गरेको छ ।

एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले शुक्रबार तनहुँ जिल्ला कमिटीले पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम राखेको बताए । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम छ ।

‘उहाँ (एकीकृत समाजवादीका नेता) हरु एकपटक बैठक बस्छु भन्नुभएको छ, बैठक बसेर निर्णय नै गरी धेरैजना एकैचोटि प्रवेश गर्ने तयारी बुझिन्छ’, एक एमाले नेताले भने, ‘उहाँहरु एमालेमै फर्किनुहुन्छ ।’

एकीकृत समाजवादी तनहुँका अध्यक्षले कार्कीले निर्णय लिन शुक्रबार बिहान जिल्ला कमिटीको बैठक डाकिएको बताए । ‘बैठकबाटै निर्णय निकाल्न शुक्रबार बैठक बोलाएको छौं, राय सल्लाह के आउँछ ? फोन सम्पर्कमा कुरा भएको छ, प्रत्यक्ष भेट भएको छैन, त्यसकारण भेलाबाट एउटा निचोड निस्केला । त्यहीअनुसार अघि बढ्ने भन्ने कुरा छ’, उनले भने ।

समाजवादी मोर्चाको सिद्धान्त स्पष्ट नभएको र जनताको बहुदलीय जनवाद, मदन भण्डारीको विचारविना अगाडि बढ्न नसक्ने जिल्ला कमिटी अध्यक्ष कार्कीले सुनाए ।

‘अहिलेको दृष्टिकोण चाहिँ मुख्य कुरा एकीकृत समाजवादी मोर्चा भनेर बनिसकेपछि यसको सैद्धान्तिक आधार र सिद्धान्त नै स्पष्ट नभएको हुनाले सहमति भएन, एउटा’, उनले भने, ‘अर्काे चाहिँ विचार, दृष्टिकोण र अहिलेको विश्व कम्युनिस्ट आन्दोलनबाट सिद्ध भएको जनताको बहुदलीय जनवाद, मदन भण्डारीको विचारबिना अगाडि बढ्दैन भन्नेमा हामी स्पष्ट छौं ।’

जिल्ला अध्यक्ष कार्कीसहितका नेता गत वैशाखमा भएको उपनिर्वाचनमा एमालेमा फर्किन संवादमा थिए । तर, अन्तिम समयमा एमाले फर्कने कार्यक्रम रोकिएको थियो ।

त्यसबेला एमाले फर्किन संवादमा रहेका एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् प्रदेश सचिव प्रतापलाल श्रेष्ठले आफू भने एमालेमा जाने तयारी नभएको बताए । ‘जिल्ला अध्यक्ष कार्की र पूर्वअध्यक्ष श्रेष्ठ एमालेमै फर्किन्छु भन्नुभएको छ, मैले चाहिँ कुनै तयारी गरेको छैन’, उनले भने ।

नेकपा एमालेका उपमहासचिव गुरुङ एस तनहुँ अध्यक्ष कार्कीको घरमै पुगेर भेटघाट गरेका थिए । एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, पोलिटब्यूराे सदस्य एवं प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, एकीकृत समाजवादी तनहुँका पूर्वअध्यक्ष श्रेष्ठ पनि एमालेसँग संवादमा थिए । यी नेता उपमहासचिव गुरुङले पोखरा, तनहुँमा पटकपटक संवाद गरेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।