सुटिङमा नम्रताको हेरचाह गर्थे सारुक, चक्कु भाँचिएपछि सुरु भएको थियो विवाद

काठमाडौ । नायक सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीले गम्भिर भएर छानबिन अगाडि बढाइरहेको छ । सोमबार मात्र फिल्मका निर्देशक राजिव गुरुङ र निर्मात्री शर्मिला थापासँग करिब ४ घन्टा सोधपुछ गरेको छ । कसैको पनि किटानी जाहेरी नपरेकाले प्रहरीले यो घटनालाई आफ्नै तबरले छानबिन गरिरहेको देखिन्छ ।

सारुक ताम्राकारले फिल्म ‘ह्यासट्याग माया’को छायांकन सकेर घर फर्किएपछि आत्महत्या गरेका थिए । फिल्मका निर्देशक राजिवले हालै दिएको एक अन्तरवार्तामा सारुकले आत्महत्या गरेको दिन छायांकनका क्रममा नायिका नम्रता श्रेष्ठसँग बादबिबाद भएको खुलाइसकेका छन् । बादबिबाद भएपछि सारुक, नम्रता र अर्का नायक रोयदिप श्रेष्ठ बुढानिलकण्ठमा फिल्मको टिमले लिएको घरमा पुगेका थिए । सोही घरबाट फर्किएपछि सारुकले रातो पुलस्थित आफ्नो घरमा आत्महत्या गरेका थिए ।

कुन बिषयमा भएको थियो बिबाद ?

असार २० गते बिहिबार बिहान ५ बजेसम्म फिल्मको छायांकन गरिएको थियो । दृश्यमा नायक सारुकले नायिका नम्रता श्रेष्ठलाई रेप गर्नुपर्ने थियो । सो दृश्यको छायांकनका क्रममा नम्रताले आफूलाई केही गाह्रो भएको भन्दै सारुकलाई चिमोटेकी थिइन् । तर, सारुकले नम्रताको भाव वुझेनन् । यस्तै, सो दृश्यको छायांकनका क्रममा नम्रताले नै सारुकलाई फिल्मको अधिकांश यूनिटलाई सेटबाट हटाउन भनेकी थिइन् । सारुककै आग्रहमा निर्देशक, छायांकारसहितको ६ जनाको टिम मात्र बसेको थियो ।

तर, दृश्य सकिएपछि नम्रताले यही बिषयमा विवाद झिकिन् । बलात्कारको दृश्यको क्लाइमेक्स खिच्ने क्रममा आफूले यूनिटलाई सेटबाट हटाउन भनेपनि नहटाएको, आफूलाई असहज भएको कुरा नवुझेको बिषयमा नम्रताले सारुकसँग विवाद झिकेकी थिइन् । सो विवाद सुटिङ सेटमा केही समय भयो । यसपछि, सारुक, नम्रता र रोयदिप बुढालिनकण्ठमा रहेको घरमा पुगे । श्रोतका अनुसार, बिहान ११ बजेसम्म यही बिषयमा सारुक र नम्रताबिच बादबिबाद भएको थियो ।

नम्रतासँग बिबाद भैसकेपछि निराश भएर सारुक रातो पुलस्थित आफ्नै घरमा पुगेका थिए । उनले, आफ्नो कार घर बाहिर नै पार्किङ गरेको उनका पिता सानु ताम्राकारले खुलाइसकेका छन् । सोही दिन बेलुकी सारुकले आफ्नै घरको भर्याङमा झुण्डिएर आत्महत्या गरेका थिए ।

बर्दियामा निर्माताको ५० लाख स्वाहा

यो फिल्मको यूनिटले सुरुवातमै क्लाइमेक्सको दृश्य खिच्ने योजना बनायो । जसअनुसार, फिल्मका मुख्य कलाकार, प्राविधिक, निर्देशक, निर्माता सहितको टिम बर्दिया पुगेको थियो । उक्त फिल्मको यूनिट बर्दियामा १२ दिन सम्म बसेको थियो ।

बर्दियामा ३ दिनका लागि मात्र लोकेशन पक्का गरिएको थियो । तर, क्लाइमेक्स छायांकनको तेश्रो दिन सारुक ताम्राकारले दृश्य खिच्ने क्रममा नक्कली चक्कुको बिड फुस्किएपछि सुटिङ रोकिएको थियो । त्यस क्रममा सारुकले ‘दिमागले काम गरेन’ भनेको श्रोत बताउँछ । सारुकले विवाद झिकेपछि फिल्मको आर्ट टिमले कलाकारहरुले आफूहरुको कामलाई अपहेलना गरेको भन्दै माफी माग्नुपर्ने अडान राखेका थिए । यसपछि, नायिका नम्रता श्रेष्ठले पनि सारुकको पक्ष लिदै ‘चक्कुले मलाई लागेको भए के हुन्थ्यो’ भनेर विवाद तन्काएकी थिइन् । नम्रता र सारुकले फिल्मको आर्ट टिम परिवर्तन नभए सुटिङ नै नगर्ने भन्दै विवादलाई अगाडि बढाए । यसपछि, निर्माताले अब फिल्मको काम नै अगाडि नबढाउने अड्डी कसिन् ।

छायांकनका लागि चौथो दिन लोकेशन पनि नमिल्ने अवस्था आएपछि ३ दिन लगाएर खिचिएको क्लाइमेक्सलाई रिसुट गर्ने भन्दै सम्पूर्ण टिम काठमाडौं फर्किएको थियो ।

३ दिनको सुटका क्रममा निर्माता शर्मिला थापाको ५० लाख रुपैयाँ सकियो । काठमाडौंमा आएपछि विवादलाई मत्थर बनाएर निर्माण टिमले काम सुरु गरेको थियो । सो क्रममा फिल्मको आर्ट डिपार्टलाई नै परिवर्तन गरियो । सँगसँगै मेकअप र ड्रेस डिपार्टलाई पनि परिवर्तन गरिएको थियो ।

नम्रताको सम्पूर्ण हेरचाह गर्थे सारुक

फिल्मको छायांकनका क्रममा कुनै पनि समस्या आइपरे नायिका नम्रता श्रेष्ठले सारुकलाई भन्ने गरेकी थिइन् । सारुकले उक्त कुरा फिल्मको टिमलाई भनेर काम गर्थे ।

नम्रतालाई कुनै कुरा खान मन लागे, सुटिङ गर्न नसक्ने अवस्था भए, कही कतै जानु पर्ने भए सबै कुराको व्यवस्थापन सारुकले गर्दै आएका थिए । श्रोत भन्छ–‘सारुक टिमको पाइलट जस्तै थिए । नम्रता पाइलटलाई पनि निर्देशन दिने क्याप्टेन जस्तै थिइन् ।’

नम्रताकै कारणले सारुकले अन्य फिल्ममा समेत काम गर्न नपाएको चर्चा फिल्म वृत्तमा चल्ने गरेको छ । यसैले, सारुकले एउटै प्रोजेक्टका लागि ३ बर्ष समय बिताएका थिए ।

फिल्म ‘ह्यासट्याग माया’को स्क्रिप्ट सुरुवातमा अरु नै लेखकले लेखेका थिए । सो समयमा फिल्मको नाम ‘ग्रहण’ राखिएको थियो । तर, स्क्रिप्ट चित्त नवुझेको भन्दै सारुक र नम्रताले ‘ग्रहण’लाई रोकेका थिए । सुरुवातमा नायकको रुपमा पक्का भएका विनय श्रेष्ठले पनि यो प्रोजेक्टबाट हात झिकेका थिए ।

यसपछि, निर्माताले महिनाको १ लाख ७० हजार भाडा तिर्ने गरि बुढानिलकण्ठको घरमा उनीहरु आफैले स्क्रिप्ट लेखेका थिए । उनीहरु, यो घरमा २८ महिना बसे । स्क्रिप्ट लेख्दै जादा उनीहरुले अर्का नायकको खोजी गरे । यसपछि, फिल्ममा रोयदिप श्रेष्ठ जोडिए । रोयदिप जोडिएपछि सारुकले गर्ने भनेको भूमिका नम्रताले रोयदिपलाई गर्न भनिन् । उनकै आग्रहमा फिल्ममा भिलेन बन्न सारुक तयार भएका थिए । नम्रताले ‘रेप सिन’का क्रममा आफूलाई सहज हुने भन्दै सारुकलाई उक्त भूमिकामा काम गर्न मनाएकी थिइन् ।

फिल्म ‘ह्यासट्याग माया’को ४० प्रतिशत मात्र छायांकन सकिएको छ । सारुकको निधन भएसँगै फिल्मको भविष्य पनि अन्यौलमा परेको छ । निर्माताले पनि अब फिल्म अगाडि नबढाउने मनस्थिती बनाइसकेको वुझिन्छ । फिल्मको ४० प्रतिशत दृश्य छायांकन गर्दा ३ करोड रुपैयाँ सकिएको चर्चा छ । -मेरो फिल्मबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।