मेस्सीका कारण अमेरिकामा उथलपुथल, डुब्न लागेको लिगको हुने भयो उद्धार !

एजेन्सी – अमेरिकाका पूर्व फुटबल खेलाडी ज्योफ क्यामरुनले लियोनेल मेस्सीले मेजर लिग सकर (एमएलएस) बचाएको दाबी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा क्यामरुनले मेस्सीको आगमनले अमेरिकी लिगलाई बचाउने दावी गरेका हुन्।

टकस्पोर्टसँगको कुराकानीका क्रममा क्यामरुनले मेस्सीको आगमनसंगै अमेरिकी लिगको दर्शक संख्या बढ्ने र त्यसले आर्थिक रुपमा लिगको उद्धार हुने दावी गरे। मेस्सीको आगमनले लिगको स्तर बढाउने क्यामरुनको भनाई छ।

“मेस्सीले पार्ने प्रभाव अभूतपूर्व छ। मेस्सीको सम्झौतालाई लिएर सबै उत्साहित छन्। एमएलएसमा दर्शकहरूको संख्या अलि कम थियो, तर अब मेस्सीको आगमनसंगै त्यसमा उछाल ल्याउनेछ। मलाई लाग्छ मेस्सीले लिग बचाउनेछन्। साथै मेस्सीको आगमनले लिगको स्तर पनि बढाउनेछ।”,क्यामरुनले भने।

पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको सम्झौता सकिएपछि मेस्सी मियामी पुगेका हुन्। केहि समय अगाडी मात्रै इन्टर मियामीले मेस्सीलाई क्लबमा सार्वजनिक गरेको थियो। मेस्सी यति बेला नयाँ क्लबको प्रशिक्षणमा छन्। छिट्टै मेस्सीले नयाँ क्लबका लागि डेब्यू गर्न सक्ने सम्भावना छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।