‘भ्रष्टाचारको जरै काट्नुस्, सरकार ढल्ने भयो भने साथ दिन्छौं’ :राजेन्द्र लिङ्देन

काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारको जरै काट्न सक्नुपर्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको हाँगा, पातमात्रै नकाटेर जरैसम्म पुगेको अवस्थामा त्यसकै कारणले सरकार ढल्ने अवस्था आएमा आफूहरु साथ दिन तयार रहेको बताएका हुन् ।

‘भ्रष्टाचारको हाँगा, पात काटेरमात्रै हुँदैन, जरै काट्नुपर्छ । अहिले टिप्पणी उठाउने कर्मचारीमाथि कारबाही लक्षित छ । आदेश दिने र निर्णयको अध्यक्षता गर्ने प्रमुख मानिसहरुमाथि अब यो छानविन जानु पर्दछ ।’ उनले थपे, अहिले भ्रष्टाचार विरुद्धको सरकारको एक्सन छ, त्यसमा हाम्रो अझै पुगेन भन्ने कुरा छ होला । तर, जति भएको छ, त्यसमा हाम्रो विरोध छैन । हाम्रो समर्थन छ । ठीक छ । स्यावास । तर, यतिलेमात्रै पुग्दैन । त्यसको कारणले केही सिट पुगेन, सरकार ढल्ने भयो भने हामी छौं भनेर मैले भनेको छु ।’

राप्रपाले भ्रष्टाचारको विरुद्ध कसैले काम गर्छ भने त्यसलाई सकारात्मक रुपमा लिने उनको भनाई छ । भ्रष्टाचार विरुद्धको अभियानमा सक्दो साथ पनि दिने उनले प्रतिवद्धता व्यक्त गरे ।

अहिलेको सरकारको भ्रष्टाचार विरोधी अभियानमा आफूहरुको साथ र समर्थन रहेको उनले बताए । साथै, सरकारलाई दवाब दिन पनि आफूहरु लागि परेको उनको भनाई छ ।

भ्रष्टाचारका विभिन्न प्रकरणहरु निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताउदै हिजो छानविन भएन, निष्कर्षमा पुगेर भनेर आज निष्कर्षमा पुग्दैन भन्नु र निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।