बेलायतमा रोजगारी गर्न जान चाहने नेपाली नर्सहरूका लागि रोजगार आवेदन खुला, त्यहाँका स्वास्थ्यकर्मी सरह सेवा सुविधा पाउने

काठमाण्डौ – नेपाल र बेलायतबीच भएको श्रम समझदारी अनुसार बेलायतमा रोजगारी गर्न जान चाहने नेपाली नर्सहरूका लागि रोजगार आवेदन खुलेको छ ।

समझदारी अनुसार तोकिएको मापदण्ड पुगेका एक सय नेपाली नर्सलाई लैजाने गरी २० जुलाई अर्थात् असार ४ गतेदेखि आवेदन खुलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । इच्छुक नर्सले वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

१९ अक्टोबर २०२३ सम्म आवेदन दिन सकिन्छ ।

पहिलो चरणमा परीक्षणको रूपमा बेलायतले त्यहाँको स्वास्थ्य क्षेत्रमा एक सय जना लैजाने छ ।

सरकारी प्रक्रियामार्फत नै नेपालबाट नेपाली नर्स लैजान नेपाल र बेलायतबीच सन् २०२२ को अगस्टमा श्रम समझदारी भएको हो । मन्त्रालयका अनुसार दुई देशबीच भएको यो समझदारी कार्यान्वयन गर्न प्रोटोकलमा सहमति भएपछि नर्स लैजाने प्रक्रिया थालिएको हो ।

आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट https://ferms.dofe.gov.np/ukhealth मार्फत दिन सकिन्छ ।

आवश्यक योग्यता
बेलायत रोजगारीका लागि आवेदन दिन नेपाल नर्सिङ काउन्सिलमा दर्ता भई दुई वर्षको अनुभव भएको हुनुपर्छ । उमेर हदमा भने कुनै सीमा तोकिएको छैन । आवेदन महिला र पुरुष दुवैले दिन सक्नेछन् ।

स्टाफ नर्स, बीएन, बीएससी नर्सिङ, एमएन गरेकाहरुले आवेदन दिन पाउछन् । त्यस्तै आईईएलटीएसमा औसत ७ र ओईटीमा ‘बी’ अङ्क ल्याएको हुनुपर्नेछ ।

यसका साथै कुनै आपराधिक रेकर्ड नभएको, यसअघि बेलायतमा गैरकानुनी रूपमा काम नगरेको हुनुपर्छ ।

पाउने सेवा सुविधा
नेपाल सरकार र बेलायत सरकारबीच जीटूजी प्रक्रिया अनुसार श्रमिकहरू जाने भएकाले छनौट भएर जानेहरूले शुल्क तिर्न नपर्ने व्यवस्था दुई देशबीच भएको समझदारीले गरेको छ ।

छनोट भएर गएका सहायक स्वास्थ्य हेरचाहकर्मीले बेलायत पुगेको ८ महिनाभित्र स्वास्थ्यसँग सम्बन्धित व्यावहारिक वस्तुपरक परीक्षा ओएससीई उत्तीर्ण हुनुपर्नेछ । यसका लागि उनीहरूलाई तीन पटकसम्म परीक्षामा सामेल हुने मौका दिइने मन्त्रालयले जनाएको छ ।

बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख नेपाली रुपैयाँसम्म पारिश्रमिक पाउने छन् । । बेलायतको कानुनअनुसार लाइसेन्स लिएपछि पारिश्रमिक र सेवा सुविधा थप बढ्न सक्छ ।

यो भर्ना प्रक्रियालाई नेपाल र बेलायतले पाइलट परीक्षणको रूपमा लिएको छ । भर्नाको सबै प्रक्रिया वैदेशिक रोजगार विभाग र ह्म्यासपेयर हस्पिटल (एनएचएस) फाउन्डेसन ट्रस्ट युकेले गर्ने छन् । दुई देशबीच भएको श्रम समझदारी अनुसार भर्ना प्रक्रियामा रोजगारदाता, कुनै संस्था वा म्यानपावर कम्पनी वा कुनै पनि एजेण्टको भर्ना प्रक्रियामा समावेश हुने छैन ।

नेपालबाट गएको नर्सहरूले बेलायतमा त्यहाँका स्वास्थ्यकर्मी सहर अधिकार, सेवा सुविधा, सुरक्षा र सम्मान पाउनेछन् ।

यो चरणमा भएका सिकाइहरूको आधारमा आउँदा दिनहरूमा भर्ना प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने श्रम मन्त्रालयले जनाएको छ ।

बेलायतमा हप्ताको साढे ३७ दिन काम गर्न पर्छ भने बेलायत सरकारको नियम अनुसार ओभर टाइम पाइने छ। काम गर्ने अवधि तीन वर्षको हुने छ भने त्यसमा बढाउन मिल्ने विकल्प पनि हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।