अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठको राजीनामा माग

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । सांसद शर्माले सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न दुवै मन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् । हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय केजी सुन बरामत भएको थियो । यही प्रकरणमा सांसद शर्माले विभागीय मन्त्रीहरुको राजीनामा मागेका हुन् ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै शर्माले राजश्व विभाग र सुरक्षा निकायले एक क्विन्टल सुन अवैद्य रुदमा भित्रिँदा पनि थाहा नपाउने भन्ने कुरै नभएको टिप्पणी गरे । उनले भने,‘अर्थ मन्त्रालय मातहत रहेको राजस्व विभाग र गृह मन्त्रालय मातहतको सुरक्षा निकायले एक क्विन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै हुँदैन, बरु प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागले सुन पक्रेको छ ।’

उनले बरु प्रधानमन्त्री पुष्पकमल दाहाललाई भने धन्यवाद दिए । उनले थपे,‘प्रधानमन्त्री जीवनसाथीको निधनमा शोकमा हुनुहुन्छ । यही बेला सय किलो सुन अवैध रुपमा आयो । राजस्व विभाग अर्थमन्त्रालय अन्तर्गत पर्छ । सुरक्षा गृहमन्त्रालय मतहत छ । दुवै निकायले थाहा नपाई सुन आउने कुरा हुँदैन, प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो । यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।