भारतको ‘ए’ एसीसी इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग खेल्ने

काठमाण्डाै – भारत ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कपकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार काेलम्बाेमा भएकाे सेमिफाइनल खेलमा बङ्गलादेश ‘ए’ लाई हराउँदै भारत फाइनलमा पुगेकाे हाे ।

भारतले दिएकाे २ सय १२ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेश ३४ ओभर २ बलमा १ सय ६० रनमै अलआउट भयाे । बङ्गलादेशका तन्जिद हसनले सर्वाधिक ५१ रन बनाए । बलिङतर्फ भारतका निशान्त सिन्धुले ५ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे भारत ४९ ओभर १ बलमा २ सय ११ रन बनाउँदा अलआउट भयाे । भारतका कप्तन याश धुलले सर्वाधिक ६६ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन, तन्जिम हसन सकिब र रकिबुल हसनले २/२ विकेट लिए ।

अब भारतले उपाधिका लागि पर्सि आइतवार पाकिस्तान ‘ए’ सँग खेल्नेछ । आजै भएकाे पहिलाे सेमिफाइनलमा श्रीलङ्कालाई हराउँदै पाकिस्तान फाइनलमा पुगेकाे हाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।