रास्वपाले गृहमन्त्रीको राजीनामा नमाग्ने

काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन प्रकरणलाई लिएर रास्वपाले गृहमन्त्रीको राजीनामा नमाग्ने बताएका छन् ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरी लामिछानेले विमानस्थलबाट सुन तस्करी सेटिङबाटै भइरहेको बताउँदै सुन तस्करीको विषय सरकारकै निकायले पत्ता लगाएको हुनाले अहिलै सरकार विरुद्ध प्रतिक्रिया नदिने बताए । ‘हामी प्रतिक्रियाको दौडमा छैनौं’ लामिछानेले भने ‘अनुसन्धान गर्न , छानविन गर्न समय दिएर मात्रै प्रतिक्रिया दिनेछौं ।’

त्यति ठूलो परिमाणमा सुन विमानस्थलबाट भित्राउन संभव नभएको भन्दै उनले सबै सेटिङमा भएको समेत दाबी गरे
गरे । ‘सेटिङ नभई त्यति ठूलो परिमाणमा सुन विमानस्थलबाट भित्राउन संभव नै छैन ’ लामिछानेले भने‘ सेटिङमा को को संलग्न छन् भन्ने अनुसन्धान आबश्यक छ ।’

सेनाको संख्या घटाउने विषयमा रास्वपा र रास्वपाका नेताहरूले कतै पनि धारणा नराखेको लामिछानेले दाबी गरे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।