महिला विश्व कप : इङ्ल्यान्डले हैटीलाई हरायो
काठमाण्डाै – फिफा महिला विश्व कप फुटबलमा इङ्ल्यान्डले हैटीलाई हराएको छ ।
अष्ट्रेलियाको ब्रिस्वेनमा भएको खेलमा इङ्ल्यान्डले हैटीलाई १–० गोलले हरायो ।
इङ्ल्यान्डका लागि जार्जिया स्टानवेले पेनाल्टीमा गोल गरिन् । समूह ‘डी’ मा रहेको इङ्ल्यान्डले जितसँगै ३ अङ्क जोड्न सफल भएकाे छ ।


