तरूण दलका अध्यक्षले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं । तरुण दलका अध्यक्ष विद्वान गुरुङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।

४१ औ बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा गुरुङले देशको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा गृहमन्त्रीको अन्तर्गतमा हुने र गृहमन्त्रीलाई थाहा नै नभईकन त्यत्रो परिणामको सुन बाहिर आउन नसक्ने कुरा बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटा सियो पनि छिर्न सक्दैन । नेपाली युवाहरू विदेशबाट आउँदै गर्दा एउटा मिठाइको पोको ल्याउन पाउँदैनन् । एउटा मोबाइल हातमा लिएर छिराउन सक्दैनौँ । विश्वले नै थाहा पाउने गरी नेपालको यती ठूलो बदनाम भएको छ डेढ सय किलो सुन एयरपोर्टबाट बाहिरिँदै गर्दा राजश्व अनुसन्धान विभागले बाटोमा पक्रँदै गर्दा विश्वले नेपालको एयरपोर्टमा कस्तो सुरक्षा छ र कति भ्रष्ट छन् भन्ने कुराले बदनाम भएको छ ।’

यस्तै गृहमन्त्री खाणलाई अदालतले दोषी नठहराईकन विभिन्न सञ्चारमाध्यमले नै दोषी ठहराउने काम भएकोले यस्ता कार्यहरू जो सुकै भएपनि रोकिनुपर्ने अध्यक्ष गुरुङले बताए ।

उनले खाणलाई गृहमन्त्री श्रेष्ठले छापामार शैलीमा पक्राउ गरेको बताए ।

उनले भने, ‘गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई म भन्न चाहन्छु । भुटानी शरणार्थी प्रकरण हाम्रो तरुण दलका पूर्वअध्यक्ष नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई विना प्रमाण छापामार शैलीमा अदालतको पुर्जीविना पक्राउ गरियो । विभिन्न मिडियामा यसरी भ्रम सिर्जना गरियो कि २०४६ सालपछिको सबैभन्दा ठूलो, सबैभन्दा ठूलो भ्रष्टाचारको कारण हो भनेर लेखाइयो, जसरी समाजमा भ्रम सिर्जना गराइयो ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।