कस्तो रह्यो ‘नेपाली बन्धन’ ?

नेपालका दुई स्टार क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्यानडा लिगमा एक अर्काविरुद्ध प्रतिद्वन्द्वी हुने भएपछि शुक्रबार रातिको खेलले धेरै ध्यान तानेको थियो।

दुवै आफ्नो टोलीबाट पहिलो खेल खेल्दै थिए। त्यसैले पनि सबैको चासो थियो, उनीहरूले एक अर्काविरुद्ध कस्तो प्रदर्शन गर्लान् ? पाकिस्तानका अलराउन्डर इफ्तियार अहमदको सरे जागुरको टोलीमा थिए सन्दीप। यता, अस्ट्रेलियाका क्रिस लिनको टोली मोन्ट्रियलमा दीपेन्द्र थिए। दीपेन्द्रले पहिलो पटक विदेशी भूमिमा फ्रेन्चाइज लिग खेलिरहेकाले उनको टोलीले उनलाई समावेश ‘प्लेइङ लिस्ट’ राख्ला कि नराख्ला भन्ने चासो नेपाली क्रिकेटप्रेमीको थियो। यद्यपि, उनलाई टोलीले पहिलो खेलमा नै विश्वास गर्‍यो।

सोही अनुसार दीपेन्द्रले आफूलाई प्रमाणित गरे। दीपेन्द्रको टोली मोन्ट्रियल टाइगरले सन्दीपको टोली सरे जागुअरलाई पाँच विकेटले हराउँदै सुखद सुरुआत पनि गर्‍यो। सरेले दिएको १ सय ३७ रनको लक्ष्य मोन्ट्रियलले पाँच विकेट गुमाएर १८.३ ओभरमा पूरा गर्‍यो। यो खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसँगै विश्वका फ्रेन्चाइज लिगहरूमा खेल्दै चर्चा बटुलेका स्पिनर सन्दीपको प्रदर्शन पनि प्रशंसायोग्य रह्यो। सन्दीपले दुई विकेट लिँदै किफायती बलिङ पनि गरे। यता, दीपेन्द्रले पनि सर्वाधिक २८ रनको योगदान दिए।

खेल जब रोमाञ्चक बन्यो, जुन बेला उनले दीपेन्द्रविरुद्ध बलिङ गरे। सन्दीपले दीपेन्द्रलाई एलबिडब्लु आउट पनि गरे। लक्ष्य पछ्याउने क्रममा दीपेन्द्र छैटौं नम्बरमा ब्याटिङ गर्न आएका हुन्। २२ बल खेल्दै उनले दुई चौका प्रहार गरे। दीपेन्द्रले पाँचौं विकेटका लागि दिलप्रीत सिंहसँग महत्त्वपूर्ण ५३ रनको साझेदारी निर्वाह गरे। दीपेन्द्रले १५औं ओभरमा म्याथु फोर्डलाई र १६औं ओभरमा इफ्तिखारलाई चौका प्रहार गरेका थिए। १७औं ओभरमा भने सन्दीप बलिङ गर्न आए।

सोही ओभरको तेस्रो बलमा दीपेन्द्रलाई सन्दीप लामिछानेले एलबिडब्लु आउट गर्दै दोस्रो विकेट पूरा गरेका थिए। तर, सन्दीपले त्यो विकेट लिएपछि खुसी मनाएनन्। सन्दीपले पहिलो विकेटको रूपमा बंगलादेशका स्टार क्रिकेटर शाकिब अल हसनलाई सातौं ओभरमा पवेलियन फर्काएका थिए। शाकिब १३ बलमा चार चौका र एक छक्कासहित २६ रन बनाउँदै आक्रामक देखिएका थिए। तर, सन्दीपले शाकिबलाई आफ्नो स्पेलको पहिलो ओभरमै क्याच आउट गराएका हुन्।

सन्दीपलाई कभरमा प्रहार गर्ने क्रममा शाकिब सर्ट कभरमा क्याच आउट भए। किफायती बलिङ गरेका सन्दीपले चार ओभरमा मात्र १७ रन खर्चदै दुई विकेट लिए। सन्दीपले सातौं ओभरमा बलिङको सुरुआत गरेका थिए। त्यो ओभरमा उनले पहिलो ओभरमा मात्र दुई रन खर्चेर एक विकेट लिए। त्यसपछि नवौं ओभरमा ६ रन, १४औं ओभरमा ६ रन तथा १७औं ओभरमा तीन रन खर्चेर एक विकेट लिएका हुन्। राम्रो प्रदर्शन गरेका सन्दीपले खेलपछि ‘मोमेन्ट अफ द डे’ अवार्ड पनि पाए।

त्यसबापत उनले पाँच सय डलर पुरस्कारसमेत प्राप्त गरे। उक्त खेलपछि सन्दीपले दीपेन्द्रसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्टयाउँदै भने ‘नेपाली बन्धन। दीपेन्द्र ऐरीसँग भेट हुँदा खुसी लाग्यो। तिमीलाई आगामी खेलका लागि धेरैधेरै शुभकामना छ।’ लिगअन्तर्गत सरेले आगामी खेल जुलाई २४ तारिखमा राति १ः१५ बजे ब्राम्प्टनवुल्भ्ससँग तथा मोन्ट्रियलले आइतबार जुलाई २३ तारिख राति ८ः४५ बजे मिसिसाउगा प्यान्थर्सविरुद्ध खेल्नेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।