ग्याँष्ट्रिकका लक्षण र उपचार

काठमाडौं । ग्याँष्ट्रिक एउटा सामान्य रोग भएतापनि यसको उपचार सही तरिका र समयमै नगर्नाले यसले भयानक रुप लिने गर्दछ । अहिले नेपालमा प्रत्येक व्यक्तिमा यो रोग देखिने गरेको छ । हामीले यसको समयमै उपचार गरेनौं भने अल्सर भई क्यान्सर रोगलाई समेत निम्त्याउँने गर्दछ । यसको साथसाथै हामीले खाने कुराहरुमा पनि ध्यान दिन जरुरी हुन्छ ।

हामीले खाएको खाना पेटमा जम्मा हुनेगर्दछ । पेटमा जुन ग्रन्थी हुन्छ, त्यसले एसिड निकाल्दछ । जसले खानालाई पचाउन मद्दत गर्दछ । तर, एब्सेसिक एसिड भयो भने हाम्रो पेटमा समस्या ल्याउँदछ ।

यो रोग धेरै चिल्लो र पिरो खाना खानाले, मादक पदार्थ सेवन गर्नाले, माटोपन बढी हुनाले र धेरै मासु खाने मानिसमा यो रोग देखा पर्दछ । हामीले खाने खानेकुरा घरमै बनेको र चिल्लो कम भएको खानुपर्दछ । हामीले खाने खानेकुरामा ध्यान दिएनौँ भने हामीलाई अन्य रोगहरु पनि लाग्न सक्छ । यदि यो रोग लागेमा यसको लक्षण पत्ता लाग्नासाथ उपचार गर्नुपर्दछ । हामीले समयमै उपचार गरेनौं भने अन्य रोग लागि आफ्नै स्वास्थ्यलाई हानी पु¥याउँछ ।

ग्याँष्ट्रिकका लक्षणहरु
१. छाती पोल्ने वा दुख्ने
२. मुखमा अमिलो पानी आइरहनु
३. खाना खाँदा छाँती पोल्ने
४. वान्ता हुने
५. कब्जियत हुने
६. खाना नपच्ने
७. पेटमा ग्याँस भरिने
८. पेट दुख्ने वा चस्किने
९. पेट फुल्ने

उपचार

यो रोग लागेमा इन्डोसकपी गरेर उपचार गर्ने गरिन्छ । एलोप्याथिक औषधी प्रत्येक दिन प्रयोग गर्नुपर्छ । औषधी आवश्यकता भन्दा धेरै प्रयोग गर्नुहुँदैन ।

ग्याँष्ट्रिक भएको बेलामा खान हुने कुराहरु
१. केराले एन्टासिडको काम गर्ने भएकोले केरा प्रयोग गर्न सकिन्छ ।
२. फ्याट कम भएको चिसो दुध
३. नौनी धेरै नभएको दही, मही
४. सौंफको पानी
५. तुलसीको पात
६. भुईंकटहरको जुस
७. पुदिनाको पात
८. ल्वाङको पानी
९. अमला
१०. अदुवा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।