एसिया कपका लागि इमर्जिङ कप खेलेको टिममा ३ खेलाडी थप

काठमाडौं, अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंकामा छ। एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेपछि नेपाली टिम एसिया कपको तयारीका लागि श्रीलंकामा बसेको हो।

इमर्जिङ कपमा समूह चरणबाटै बाहिरिएको नेपालले भारत र पाकिस्तानको ए टिमसँग हार बेहोर्दा युएईको ए टिमलाई पराजित गरेको थियो।

नेपाली टिमले श्रीलंकामा १५ दिनको विशेष प्रशिक्षण गर्ने नेपाल क्रिकेट संघ (क्यान) को भनाइ छ।

एसिसी इमर्जिङ टिम्स कप खेलेको टिममा तीन खेलाडी थप गर्दै नेपालले तयारी गर्ने भएको छ।

इमर्जिङ टिम्स कपका लागि आराम दिइएका करण केसी, ज्ञानेन्द्र मल्ल र आरिफ शेखलाई टिममा समावेश गरिने भएको हो। करण श्रीलंका गएका छन् भने ज्ञानेन्द्र र आरिफ छिटै जानेछन्।

हाल क्यानडामा ग्लोबल टी-२० खेलिरहेका दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने पनि एसिया कपको टिममा समावेश हुनेछन्।

त्यसैले इमर्जिङ कप खेलको टिममा फेरबदल गर्दै एसिया कपका लागि टिम घोषणा हुनेछ।

इमर्जिङ टिम्स एसिया कपपछि नेपालले एसिया कप खेल्दैछ। पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसँगै भारत र पाकिस्तान छन्।

Ncell
भारत र पाकिस्तानको राजनीतिका तनावका कारण यसपटकको एसिया दुई देशमा हुँदैछ। एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्।

यसका कारण नेपालले एसिया कपको समूह चरणका खेल दुई देशमा खेल्न पर्ने भएको छ।

समूहको पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेल्नेछ। पाकिस्तानको मुल्तानमा यो खेल प्रतियोगिताको उद्‌घाटन खेल समेत हो। एसिया कपको समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तनबाट श्रीलंका पुग्न पर्नेछ नेपाल। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ।

तीन-तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ (भदौ १७) हुनेछ।

एसिया कपपछि नेपालले चीनमा हुने १९औं एसियन खेलमा सहभागीता जनाउँदैछ।

टी-२० फर्म्याटमा हुने एसियन गेम्सको क्रिकेटको प्रतिस्पर्धा एसिया कप सकिएको दुई दिनपछि सुरू हुनेछ। आयोजकका अनुसार सुरुमा महिलातर्फको प्रतिस्पर्धा सेप्टेम्बर १९ देखि सुरु हुँदैछ। महिलामा नेपालले पनि भाग लिँदैछ।

महिलाको फाइनल पछि पुरुषको प्रतिस्पर्धा सुरु हुनेछ। महिलाका खेल २६ सेप्टेम्बरमा सकिएपछि एसियन गेम्स पुरुषका खेल २८ सेप्टेबर (असोज १२) मा सुरु हुनेछ।

एसियाली गेम्सका अनुसार अहिलेसम्म पुरुष क्रिकेटमा १८ टिमले भाग लिँदैछन्। पुरुष क्रिकेट वरीयताका अनुसार प्रतिस्पर्धा हुनेछ।

शीर्ष चार वरीयताका टिमलाई सिधै क्वाटरफाइनलमा स्थान दिइएको छ। अहिलेको वरीयताका अनुसार भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले अन्तिम आठमा स्थान बनाइसकेका छन्। नेपालले पहिलो राउन्डदेखि नै प्रतिस्पर्धा गर्नु पर्नेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।