कम्युनिष्ट आन्दोलनका योद्धा दलु छायाँको निधन

काठमाडौं,८ साउन । नेपालको कम्युनिष्ट आन्दोलनका योद्धामध्येका एक योद्धा दलु छायाँ अर्थात दलबहादुर भुजेल को निधन भएको छ ।

७७ वर्षीय भुजेलको सोमबार उपचारको क्रममा निधन भएको हो । २००३ सालमा सुनसरीको धरानमा जन्मिएका उनले पञ्चायती व्यवस्थाविरुद्ध जनतालाई सचेत गराउने काममा अग्रपक्तिमा रहेर भूमिका खेलेका थिए ।

छायाँको निधनप्रति नेकपा एमालेले शोक वक्तव्य जारी गर्दै दुख प्रकट गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्धारा जारी शाक वक्तव्यमा उनको पार्टीप्रतिको निष्ठा र योगदान सदा प्रेरणादायी रहने उल्लेख गरिएको छ ।

मिर्गौलासम्बन्धी समस्याका कारण उपचाररत छायाँलाई एमालेले गत वैशाखमा पार्टी स्थापना दिवसका अवसरमा कम्युनिष्ट योद्धाका रूपमा सम्मान गरेको थियो ।

पञ्चायती व्यवस्था विरुद्धको लडाईंमा पटक–पटक जेल जीवन बिताएका छायाँ झापा आन्दोलनका शहीदहरूलाई पक्राउ गर्दा उनी पनि पक्राउ परेपनि प्रहरी हिरासतबाट भागेर बाँचेको एमाले नेताहरुले बताउने गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।