सुन तस्करी काण्डबारे गृहमन्त्रीलाई ओलीकाे प्रश्न : आकाशमा चिल देखाएर के लुकाउन खोजिँदै छ ?

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्डजस्ताे गम्भीर विषयमा सरकारले सबैकाे ध्यान अन्त माेड्न खाेजेकाे बताउनुभएकाे छ ।

कम्बाेडियाबाट स्वदेश फर्किने क्रममा साेमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सबैकाे ध्यान एकातिर माेडेर यस्ताे गम्भीर विषयलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै ढाकछाेप गर्न खाेजेकाे भन्दै आपत्ति जनाउनुभयाे ।

व्यापारी (दीपक मलाेत्रा) सँग कार्यक्रमकाे सन्दर्भमा खिचिएकाे तस्विरलाई लिएर सुन काण्डमा आफ्नाे नाम जाेड्नु आपत्तिजनक रहेकाे उहाँले बताउनुभयाे । उता आकाशमा चिल देखाएर यता के लुकाउन खोजिँदै छ ? भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले भन्नुभयाे – ‘च्याम्बरकाे अधिवेशनमा खिचिएकाे फाेटाे, च्याम्बरकाे अधिवेशनमा व्यापारी नभएर काे हुन्छ ? चेम्बरमा व्यापारी नभएर को किसान हुन्छ त ? त्याे फाेटाे छाप्छ, अत्यन्तै गैरजिम्मेवार तरिकाले यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खाेज्छ, ध्यान कता माेड्न खाेजेकाे ? उता आकाशतिर चिल देखाएर यता के लुकाउन खाेजिँदैछ ? म नयाँ पत्रिका र गृहमन्त्री जस्तालाई साेध्न चाहान्छु के छाेप्न खाेजिँदैछ ?’

सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन विमानस्थलबाट भित्रिन नसक्ने भन्दै उहाँले यसमा गृहमन्त्री वा कसकाे संलग्नता छ भन्दै प्रश्न गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँ (गृहमन्त्री) को हो की होइन ? यहाँ के आउने के जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन ? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्राको बियाँ टाँस्दै बस्छन्, मुखैका छेउमा गएर यो अत्यन्तै अनैतिक हो, यस्ता गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? उहाँले बताउनुपर्‍यो उहाँको संलग्नता छ छैन ? सानोतिनो संलग्नताबाट यो त भएको छैन होला, उहाँको संलग्नता छ छैन ? छैन भने कसको संलग्नता छ ? यतिकै कोटको गालामा बियाँ टाँस्ने होइन ।’

सुन काण्डलाई निष्कर्षमा पुर्‍याउन पनि उहाँले गृहमन्त्री श्रेष्ठलाई आग्रह गर्नुभयाे । सुनकाण्ड निष्कर्षमा नपुगेसम्म एमाले चुप लागेर नबस्ने चेतावनी दिँदै अध्यक्ष ओलीले एमाले सरकारमा छँदा यस्ता काण्डलाई निष्कर्षमा पुर्‍याएकाे स्मरण गराउनुभयाे । उहाँले भन्नुभयाे – ‘कसैले पनि यस्ता काम गरेकाे छ भने अब छाेडिनेवाला छैन, याे सुनकाण्डकाे शिलशिला अन्तिमसम्म नपुर्‍याइकन हामी पनि छाड्दैनाैं, याे पुर्‍याइदिनुस् गृहमन्त्रीज्यू, पहिले पनि सुनकाण्ड तस्करी हुने गरेकाे थियाे, हामीले खनेर निकालेकाे हाे, फेरि पनि खनेर ननिकालेसम्म छाेड्दैनाैं,

यस काण्डमा संलग्नलाई कारबाही गर्न माग गर्दै उहाँले कसलाई कारबाही हुन्छ भनेर एमालेले हेरिरहेकाे बताउनुभयाे । अध्यक्ष ओलीले प्रश्न गर्नुभयाे – ‘यसमा कारबाही के हुन्छ ? कसमाथि कारबाही हुन्छ ? हामी हेरीराखेका छाैं, बाेक्न त प्लेनले बाेक्याे, गाडीले बाेक्याे, भरियाले बाेके हाेला, बाेकाउने काे हाे ? प्लेनलाई बाेकायाे कसले ? गाडीलाई बाेकायाे कसले ? भरियालाई बाेकायाे कसले ? त्यसकारण याे ढाकछाेप हुन सक्दैन ।’

गृहमन्त्री भएर जथाभावी बोल्न श्रेष्ठलाई छुट नभएकाे भन्दै उहाँले जवाफदेहिताकाे प्रश्न उठाउँदैमा मुद्दा हाल्न नपाइने बताउनुभयाे । प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेतमाथि गृहमन्त्रीकाे सचिवालयबाट मुद्दा दर्ता गरिएकाेतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयाे – ‘कसैले जवाफदेहिताको कुरा उठायो भने मुद्दा हाल्न जाने ? गृहमन्त्रीविरुद्ध मुद्दा हाल्ने कि नहाल्ने ?’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।