शेखरको चियापानमा गगनले फोन स्वीच अफ गरेर नगएपछि

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आयोजना गरेको चियापानमा महामन्त्री गगन थापा अनुपस्थित् भएका छन् । कोइराला र थापाबीच सम्बन्धमा चिसोपना आएको चर्चाबीच थापा नै चियापानमा नआएपछि गाईँगुईँ सुरु भएको छ । तर, शेखरले भने आफूले महामन्त्री थापासँग नै तय गरेको आजको चियापान राखेको स्पष्ट पारेका छन् ।

अनुपम फुडल्याण्डमा आयोजित ‘बीपी स्मृति सप्ताह कार्यक्रम’ मा थापा देखिएनन् । नेताहरु गुरुराज घिमिरे, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतले बोलिसकेका छन् । उनीहरु बोलेपछि अन्तिममा प्रमु्ख अतिथिको रुपमा सम्बोधन गरेका शेखरले भने आफूसँग रिसाएर गगन कार्यक्रममा नआएको भन्ने नभएको स्पष्ट पारे ।

उनले थपे–‘गगनजी किन आउनु भएन भन्ने उहाँहरुको मनमा कौतुहल्ता होला । रिसाउनु भएको होकि के हो ? आजको कार्यक्रमको मिति गगनजी र म बसेरै छलफल गरेको हो ।’ गगनलाई कार्यक्रममा नदेखेपछि कोइरालाले फोन गरेको तर उनको फोन अफ रहेको खुलाए ।

पछिल्लो समय शेखरले सभापति शेरबहादुर देउवालाई साथ दिएका छन् । शेखरको पछिल्लो गतिविधिबाट गगन रिसाएको बुझिएको छ । यद्धपी आज विहान पूर्व महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय सदस्यहरुको लागि आयोजना गरेको चियापानमा भने महामन्त्री थापा पुगेका थिए । लैनचौर ब्याङ्क्वेटमा भएको कार्यक्रममा थापा निकै बेर बसेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।