मोन्ट्रियल टाइगर्सको जितमा दीपेन्द्रको अलराउण्ड प्रदर्शन

काठमाडौं । ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपालका दीपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गर्दै मोन्ट्रिलको जितमा सहयोग गरेका छन् ।

बुधबार बिहान भएको भ्यानकुभर नाइट्सविरुद्धको खेलमा दीपेन्द्रले बल, ब्याट र फिल्ड सबैमा राम्रो प्रदर्शन गरे ।

सेरफान रुथरफोर्डको अविजित ८४ रन मदतमा मोन्ट्रियलले १५० रनको लक्ष्य ११ बल अगावै पूरा गर्दै भ्यानकुभरलाई ६ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ ।

रुथरफोर्डलाई आक्रमक ब्याटिङमा साथ दिएका दीपेन्द्रले अविजित २२ रन बनाए । ६७-४ को अवसथ्मा हुँदा क्रिजमा पुगेका दीपेन्द्रले रुथरफोर्डसँग पाँचौ विकेटका लागि अविजित ८६ रनको साझेदारी गरे ।

रुथरफोर्डले ५३ बल खेल्दै ७ चौका र ६ छक्का मदतमा अविजित ८४ रन बनाए । दीपेन्द्रले २२ बल खेलेर २ चौका प्रहार गर्दै २२ रन बनाए ।

दिलप्रित सिंहले २१ र शकिब अल हशनले १२ रन जोडे ।

भ्यानकुभरका फाबिउन एलेनले २ तथा रुबेन ट्रम्पलमेनले १ विकेट लिए ।

त्यसअघि ब्राम्पटनमा टस हारेर पहिले ब्याटिङ गरेको भ्यानकुभरले २० ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । भ्यानकुभरका लागि फकर जमनले सर्वाधिक ७३ रन बनाए । ५३ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

कप्तान रसी भान डे डुसेनले २३ रन जोडे । फकर जमन र हर्श ठाकुरले अर्धशतकीय साझेदारी गरेपछि दीपेन्द्रले नै यो साझेदारी तोडेका थिए । उनले हर्शलाई रनआउट गरे । त्यसपछि फरक जमन र भान डेर डुसेनको अर्को अर्धशतकीय साझेदारी पनि दीपेन्द्रले नै तोडे । उनले १६औं ओभरमा जमनलाई कार्लोस ब्रेथवेइटेबाट क्याचआउट गराए ।

३ ओभर बलिङ गरेका दीपेन्द्रले एक विकेट लिनुका साथै एक रनआउट गरे । मोन्ट्रियलका लागि कार्लोस ब्रेथवेइटले २ विकेट लिए ।

लगातार तेस्रो जितपछि मोन्ट्रियल ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।