डेङ्गीको सङ्क्रमण थप फैलिने चेतावनी, सुनसरी ‘हटस्पट’ बन्दै

काठमाण्डौ – लामखुट्टे नियन्त्रणमा ध्यान नदिए डेङ्गीको सङ्क्रमण थप फैलिने विज्ञले चेतावनी दिएका छन् ।

गर्मीसँगै पानी परिरहेकाले लामखुट्टेको वृद्धि विकास भइरहेको छ । यस्तो अवस्थामा लामखुट्टेको बासस्थान नष्ट गर्न नसके सङ्क्रमण थप फैलिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो ।

उहाँका अनुसार यसपालि अहिलेसम्म चार हजार जना भन्दा धेरैलाई डेङ्गीको सङ्क्रमण भइसकेको छ।

यसमध्ये ८० प्रतिशत संक्रमित सुनसरीका रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै सुनसरीको धरानमा डेङ्गीको सङ्क्रमण फैलिएको छ । धरान पछि धादिङमा सङ्क्रमितको संख्या धेरै छ ।

डेङ्गी सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । सुनसरी, धादिङ, कास्की, दार्चुला, काठमाडौँ, सङ्खुवासभा, म्याग्दी, कञ्चनपुर, रुपन्देही र मोरङमा सङ्क्रमण बढिरहेको छ ।

लामखुट्टे रोकथामका लागि तत्काल अभियान थाल्न र अभियानलाई निरन्तरता दिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।

एक पटक लामखुट्टेको बासस्थान नष्ट गर्दैमा सङ्क्रमण रोकथाम नहुने भएकाले अभियानलाई निरन्तरता दिन महाशाखाले आग्रह गरेको छ । स्थानीय पालिका र नागरिक तत्काल सचेत नभए जटिल अवस्था आउन सक्ने विज्ञले बताएका छन् ।

अहिले सबैभन्दा धेरै सङ्क्रमण फैलिरहेको धरानमा बिरामीको चाप बढेको छ । बिरामीलाई अस्पतालमा शय्या पाउन मुस्किल पर्न थालेको छ ।

यसपालि डेङ्गीका कारण सुनसरीमा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउने तीन जनामध्ये दुई जनालाई अन्य रोग पनि थियो ।

डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।

यो लामखुट्टेले सफा पानीमा फुल पार्छ । यसको टोकाइबाट जोगिन घर भित्र र वरपर पानी जम्न नदिन, शरीर ढाक्ने कपडा लगाउन, खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, खाली भाँडाकुँडा घोप्ट्याएर राख्न तथा सुत्ने बेला झुलको प्रयोग गर्न डाक्टरको सुझाव छ ।

डाक्टरले आउँदो कात्तिक महिनाको अन्तिमसम्म नै डेङ्गीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।