अमेरिकामा मेस्सीको उच्च लय

न्युयोर्क। लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामीले लिग्स कपमा बुधवार बिहान एटलान्टा युनाइटेडलाई ४-० गोलले हराएको छ।

घरेलु मैदानमा भएको खेलमा मेस्सीले २ गोल र एक असिस्ट गरे। उनले ८ औँ मिनेटमा इन्टर मियामीलाई अग्रता दिलाएका थिए।

मेस्सीकै गोलमा घरेलु टोलीले २२ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो। त्यसपछि रोबर्ट टेलरले २ गोल गरे। त्यसमध्ये एक गोलमा मेस्सीको असिस्ट रहेको थियो।

मेस्सीले मियामीका लागि २ खेल खेल्दै ३ गोल गरेका छन्।

यसअघि पहिलो खेलमा मेस्सीले दोस्रो हाफको इन्जुरी समयमा शानदार फ्री किक गोल गरेपछि मियामीले रोमाञ्चक जित हात पारेको थियो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।