जनार्दन हितराज सँग किन भए आक्रोशित

काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आगामी साउन १७ गते बस्दैछ । केन्द्रीय समितिको बैठकको एजेण्डा तयका लागि आज (बुधबार) पार्टी पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा केन्द्रीय समिति बैठकको विषयमा छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

‘बैठकमा त्यस्तो औपचारिक कुनै निर्णय भएन । केन्द्रीय समिति बैठकको एजेण्डा तय र तयारीको विषयमा छलफल भएको छ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा प्रमुख सचेतक पाण्डेले भने ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको औपचारिक भ्रमणमा रहेको बेला कार्यवहाक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकबाट बाहिरिँदै गर्दा प्रमुख सचेतक पाण्डे र पार्टीका प्रभावशाली नेता जनार्दन शर्माबीच परिस्थिति केही असामन्य भएको देखिएको थियो । जनार्दन शर्मा हितराज पाण्डेलाई आक्रोशित म्ुद्रा केही भनिरहेका थिए । उक्त असामन्य परिस्थिति बैठकका विषयमा उत्पन्न भएको प्रमुख सचेतक पाण्डेले बताए । प्रतिनिधि सभा बैठक र पदाधिकारी बैकठ एकै दिन राखेकोमा शर्माले केही असन्तुष्टि देखाएको पाण्डेको भनाई छ ।

‘त्यस्तो मन मुटाव र भनाभन केही पनि होईन । आज संसद् पनि छ । पदाधिकारी बैठक पनि एकैदिन जुधेपछि उहाँले एकैदिन किन राखेको भन्नु भएको हो । त्यस्तो ठूलो अरु केही पनि होईन्,’– पाण्डेले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।