सुन तस्करीबारे रास्वपाले दर्ता गर्‍यो सार्वजनिक महत्वको प्रस्ताव, गृहमन्त्रीको राजीनामा नमाग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गरिएको हो ।

रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरुले हस्ताक्षर गरेका छन् । उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।

रास्वपका उपसभापति डीपी अर्यालले सुन तस्करीको विषयमा सरकारलाई संवेदनशील बन्नका लागि घच्घच्याउन खोजिएको बताए ।

‘हामीले संसद अवरोध गर्नुभन्दा संसदीय प्रक्रियाबाटै सरकारलाई जिम्मेवार बनाउन चाहेका हौं,’ उनले भने ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीकै विषयलाई लिएर संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्ने तयारी गरिरहँदा रास्वपाले फरक बाटो अपनाएको हो ।

रास्वपा महामन्त्री डा. मुकुल ढकालले अहिले आफ्ना सांसदहरूले गृहमन्त्रीको राजीनमा नमाग्ने बताए । ‘हामीले गृहमन्त्रीको राजीनमा माग्दैनौं । तस्करीबारे वृहद अनुसन्धान हुनुपर्छ भन्ने हो । भोलि गृहमन्त्री दोषी देखिएमा अर्कै कुरा हुन्छ,’ उनले भने । nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।