ताप्लेजुङको मैवाखोलामा ‘लम्पी स्किन’ विरुद्धको खोप अभियान

ताप्लेजुङ, १० साउन (रासस) ः ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लम्पी स्किनको रोकथामका लागि खोप अभियान चलाएको छ । उक्त गाउँपालिकामा तीन हजार एक सय १५ पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्किनका कारण ३३ पशु चौपाया मरेको गाउँपालिकाले जनाएको छ ।

यहाँका चार सय ७३ पशु चौपाया सो रोगबाट सङ्क्रमित छन् भने तीन सय ८७ को उपचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो । गाउँपालिकाअन्तर्गत रहेको पशु सेवा शाखाबाट कृषकको घर गोठमै पुगेर खोप तथा उपचार सेवा सञ्चालन गरिएको र आवश्यकताअनुसार खोप र उपचारका कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । गाई, भैँसी, याक र चौँरीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको हो ।

पछिल्लो समय लम्पी स्किनका कारण जिल्लाका अधिकांश क्षेत्रका कतिपय पशु चौपाया मरेका छन् भने धेरैजसो सङ्क्रमित छन् । फुङ्लिङ नगरपालिका सहितका स्थानीय तहले लम्पी स्किन विरुद्धका खोप अभियान चलाइरहेका छन् । सङ्क्रमण तीव्र रुपमा फैलिएर गाई, गोरु थला परेपछि किसान मारमा परेका छन् । दूधजन्य वस्तुको उत्पादन र बिक्री नहुँदा साथै धान रोप्नका लागि खेत जोत्न गोरु उपलब्ध नहुँदा किसान समस्यामा परेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।