सरकारले भ्रष्टचारका काण्डलाई गिजोलेर छोडेको भन्दै रवि लामिछानेको आक्रोश

काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भ्रष्टचारका घटनालाई गिजोलेर निष्कर्षमा पुर्र्याउन नसकेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण हुँदै अहिले सुन काण्डमा आइपुग्दा ठूला-ठूला काण्डहरुलाई गिजोलेर छोडेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले भने ‘क्विन्टलका क्विन्टल सुन आउनु र उक्त विषयमा सामान्य मान्छे मात्रै समातिनुलाई नेपाली जनताले अच्चम मानेका छैनन् किनकी यो वर्षौ देखिको सेटिङमा चलेको देश हो । यो सेटिङका बारेमा नपाली जनताले थाहा पाइसकेका छन् अचम्म मान्नु पर्दैन । जव यस्ता घटना आउँछ तव कर्मचारीको सरुवा हुन्छ । सरुवा भनेको कारवाही होकी पुरस्कार दिएको हो ?भरियालाई सँगै लिएर गएर मालिक समक्ष पुगेर मालिकलाई नै समात्न सकिन्थ्यो होला त्यो किन गरिएन’ ? ।

उनले रास्वपाले आज संसद्मा दर्ता गरेको सार्वजनिक महत्वको प्रस्तावलाई छिट्टै संसद्मा पेस गर्न मागसमेत गरे ।‘हामीले गम्भीर राष्ट्रिय महत्वको प्रस्ताव दर्ता गराउका छौं उक्त प्रस्ताव तत्काल सदनमा पेस गरेर गृहमन्त्रीले चित्तबुझ्दो जवाफदिनुपर्छ यदि चित्तबुझ्दो जवाफ नआए त्यसपछि रास्वपाले आगामी कदम चाल्नेछ’ । लामिछानेले भने ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।