महिला विश्व कप : अमेरिका र नेदरल्यान्ड्सकाे बराबरी

काठमाण्डाै – फिफा महिला विश्व कप फुटबलमा आज भएको पहिलो खेलमा अमेरिका र नेदरल्यान्ड्सले बराबरी खेलेका छन् । न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह ‘ई’ को खेलमा नेदरल्यान्ड्सले अग्रता जोगाउन नसक्दा खेलमा एक/एक गोलको बराबरी भयो ।

नेदरल्यान्ड्सले खेलको १७औँ मिनेटमा जिल रुर्डको गोलबाट अग्रता लिएको थियो तर अमेरिकाका लागि खेलको ६२औँ मिनेटमा लिन्डसे होरानले बराबरी गोल फर्काइन् । त्यसपछि कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो ।

बराबरीसँगै दुवै टोलीले अङ्क बाँडेका छन् । अमेरिका र नेदरल्यान्ड्सकाे समान चार अङ्क भएको छ । समूह ‘ई’ मा पोर्चुगल र भियतनाम अङ्कविहीन छन् । आज हुने अर्को खेलमा पोर्चुगल र भियतनामबीच दिउँसो सवा एक बजे खेल हुनेछ । त्यस्तै, समूह ‘बी’ का अस्ट्रेलिया र नाइजेरियाको खेल दिउँसो पौने ४ बजे हुनेछ ।

हिजो भएका खेलमा क्यानडा, स्पेन र जापान विजयी भएका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।