कटहर खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, स्वास्थ्यमा पर्छ गम्भीर असर

कटहर खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मानिसहरु काँचो र पाकेको दुवै प्रकारका कटहर खान रुचाउँछन् । कटहरमा भिटामिन ए, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम र जिंकजस्ता गुण पाइन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर कटहरले फाइदाको साथै स्वास्थ्यलाई हानी पनि पुर्‍याउन सक्छ । हो, केही यस्ता चिजहरु छन् जुन कटहर सँगै खाँदा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा तपाईंंले यी चिज खानबाट बच्नुपर्छ । कटहरसँग यस्ता खानेकुरा नखानुहोस् :-

१. मेवा: कटहर खाएलगत्तै मेवा खानु हुँदैन । किनभने कटहर खाएपछि मेवा खाँदा शरीर सुन्निने समस्या देखिन सक्छ । त्यसैले यो नखाँदा नै राम्रो । २. दुध: कटहर खाएपछि तुरुन्तै दुध पनि खानु हुँदैन । कटहर खाएपछि दूध पिउनाले दुबीलगायतका अन्य समस्या पनि देखिन सक्छ । तसर्थ, कटहर खाएलगत्तै दुध खानु हुँदैन।

३. भिन्डी: यस्तै, कटहर र भिन्डी पनि एकैपटक खानु हुँदैन । कटहर खाएपछि भिन्डी खाँदा पेट दुख्ने, कब्जियत जस्ता समस्या हुन सक्छ । तसर्थ, कटहर खाइसकेपछि तुरुन्तै भिन्डी खानबाट जोगिनुपर्छ । ४. पान: कटहर खाएलगत्तै पान पनि नखानुहोस् । कटहर खाएपछि पान खाँदा स्वास्थ्यमा हानी पुग्न सक्छ । त्यसैले यस्ता चिजहरुबाट टाढै बस्दा राम्रो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।