जुनसुकै विषय पढेकाले टिचिङ लाइसेन्स दिन पाउने व्यवस्था भएन लागू

काठमाडौँ । सरकारले बजेट भाषण मार्फत जुनसुकै विषय पढेका विद्यार्थीले शिक्षण अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स) दिन पाउने भन्ने उल्लेख गरेको थियो ।चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत सरकारले ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानूनी व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख गरेको थियो ।

तर, शिक्षक सेवा आयोगले पुरानै व्यवस्था अनुसार लाइसेन्सका लागि आवेदन आह्वान गरेको छ ।निम्न माध्यमिक तहका लागि आयोगले लाइसेन्स आवेदन आह्वान गरेको छ । जसमा विगतझै मापदण्ड भएकाले मात्र आवेदन दिन सकिनेछ । यसका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा (कम्तीमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको व्यक्तिले आवेदन दिन सकिने आयोगले जनाएको छ ।

त्यस्तै तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता भएका व्यक्तिहरूले समेत दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

बजेट वक्तव्यमा व्यवस्था भएअनुसारका लागि शिक्षक सेवा आयोग नियमावली संशोधन हुनुपर्ने आयोगले जनाएको छ । संशोधन नगरी नयाँ व्यवस्था अनुसार गर्न नसकिने आयोगको भनाई छ ।

आयोगको सूचना अधिकारी सुदर्शन मरहठ्ठाले कानूनी व्यवस्था नै नभएकाले अहिले कार्यान्वयन गर्न नसकिएको बताए ।

नियमावली संशोधनको लागि शिक्षा मन्त्रालयमा पठाइएको छ । नियमावली संशोधन भएर नआएका कारण पुरानै व्यवस्था अनुसार खोलिएको उनको भनाई छ ।

आयोगको वार्षिक कार्यतालिका अनुसार साउनमा लाइसेन्सको आवेदन आह्वान गर्नुपर्छ । सोही आधारमा आयोगले लाइसेन्सका लागि आवेदन आह्वान गरेको उनको भनाई छ । नियमावली संशोधन भएर आएपछि अन्यको हकमा लागू हुने बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।